मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

‘नो हर्न’ अभियान थप शसक्त, नौं हजार आठसय कारवाहीमा

Ujyalosandeshonline 11005+ समाचार ( )
२४ अशोज २०८१, बिहीबार

काठमाडौं । काठमाडौं उपत्यकामा सवारी साधनबाट हुने ध्वनी प्रदूषण कम गर्ने उद्देश्यले सञ्चालन गरिएको ‘नो हर्न’ अभियानलाई थप कडाइ गरिएको छ । काठमाडौं उपत्यकामा २०७४ वैशाख १ गतेदेखि ‘हर्न निषेधित क्षेत्र’ घोषणा गरेको थियो । ‘नो हर्न’लाई अभियानकै रुपमा संचालन गरि पर्चा पम्प्लेट बितरण, सचेतना कार्यक्रम संचालन, नो हर्न स्टिकर टाँसलगायत बिबिध कार्यक्रम गरि हर्नको अनावश्यक प्रयोगमा कमी आएको थियो ।

सुरुआती दिनमा यसको कार्यान्वयन प्रभावकारी भएपनि पछिल्ला दिनहरुमा क्रमशः हर्नको प्रयोगमा वृद्धि भएपश्चात कडाईका साथ कारवाही ट्राफिक प्रहरीले गर्दै आएको छ । सवारी साधनले अनावश्यक रुपमा हर्न बजाएर बृद्धि हुने ध्वनी प्रदुषणलाई निरुत्साहित गरि प्रदुषण कम गर्न कडाईका साथ प्रस्तुत हुँदै आएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक भरत बहादुर बोहराले जानकारी दिए ।

जथाभावी हर्न वजाउँदा पैदलयात्री बिशेषगरी वालवालिका, जेष्ठ नागरिक तथा बिरामीहरुको स्वास्थ्यमा धेरै असर गर्ने गुनासोहरुलाई समेत ध्यानमा राखी नियमित निग्रानी र कारवाही गरिदै आएको डिआजी बोहराले बताए ।

पछिल्लो समय ट्राफिक प्रहरी नभएको स्थानमा फेरि सवारी साधनहरुले हर्न बजाउन शुरु गरेका छन् । गत आव०८०।८१ मा अनाबश्यक रुपमा हर्नको प्रयोग गर्ने १०१२३ सवारी साधनलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ भने यस बर्ष समेत नौ हजार आठसय तीस सवारी साधनलाई ट्राफिक प्रहरीले कारबाहीगरेको छ ।

जथाभावी रुपमा साइलेन्सरलाई मोडिफाई गरेर, फिल्टर निकालेर वा कम्पनीबाट नै ठूलो आवाज निकाल्ने मोटरसाइकलहरु र प्रेसर हर्न बजाउने सवारी साधनले बढि धवनी प्रदुषण गर्ने गरेको छ । दुर्घटना हुने अवस्था भएमा वा सडकको एक भागबाट अर्को भाग नदेखिने घुम्ती मोडहरु भएको स्थानमा अति आवश्यक परेको खण्डमा मात्र हर्नको प्रयोग गर्न हुन ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार