मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

दलित विकास प्राधिकरण स्थापना गर्ने सरकारको घोषणा

Ujyalosandeshonline 11005+ समाचार ( )
१६ जेठ २०८१, बुधवार

काठमाडौं । सरकारले दलित विकास प्राधिरकण स्थापना गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८१÷०८२ बजेट सार्वजनिक गर्दै मंगलबार अथमन्त्री बर्षमान पुनले यस्तो घोषणा गरे । 

उनले भने, ‘दलित समुदायको संविधान प्रद्धत अधिकारको प्रत्याभूति गर्न दलितको शशक्तिकरण कार्य गर्ने संरचना एकिकृत गरी दलित उपेक्षित, उत्पीडित वर्ग उत्थान तथा विकास प्राधिकरणको संस्थागत व्यवस्था गरिनेछ ।’ 

दलित समुदायको रैथाने, सीप, ज्ञान र पेशाको आधुनिकिकरण गरी रोजगारी सृजना र जिविकोपार्जन कार्यक्रम सञ्चालन गर्न २० करोड रुपैयाँ बिनियोजन गरिने पनि अर्थमन्त्री पुनले घोषणा गरेका छन् । सरकारले यसअघि दलित समुदायकालागि कार्य गर्न स्थापित दलित विकास समिति र वादी विकास समितिलाई भने बजेटविहीन बनाएर फेरि अर्को निकाय खडा गरेको हो ।

शताब्दीऔँसम्म राज्यबाट अपहेलित र पछाडि पारिएको दलित समुदायले आफ्ना सामाजिक तथा आर्थिक शशक्तिकरणका लागि विभिन्न मागहरू राखेर आन्दोलित बन्दै आएका छन् । संविधानको धारा ४० मा रहेको मौलिक हकसम्बन्धी व्यवस्थाले उनीहरूलाई आवास, जमिन, शिक्षा, स्वास्थ्य र रोजगारीको राज्यले प्रबन्ध गर्नुपर्ने उल्लेख गरेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार