मुख्य समाचार
रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक |

अब श्रम स्वीकृति एक घण्टामै

Ujyalosandeshonline 11009+ समाचार ( )
२६ चैत्र २०८०, सोमबार

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जानेका लागि कामदारको श्रम स्वीकृति एक घण्टामै पाइने व्यवस्था गरेको छ । विभागीय मन्त्री डोलप्रसाद अर्यालले सिंहदरबारस्थित मन्त्रालयमा पत्रकार सम्मेलनमार्फत यो घोषणा गरेका हुन् ।

सबै कागजात अनलाइन सिस्टममा मिलाएर अपलोड गरेका सेवाग्राहीले एक घण्टाभित्रै श्रम स्वीकृति मोबाइल फोनमार्फत प्राप्त गर्ने उनले बताए । 

उनले भने, ‘समयमा सबै डकुमेन्टहरु मिलाएर राख्नुभएको खण्डमा हाम्रो अहिलेको अध्ययनले २ मिनेट ४४ सेकेण्डमै उहाँले श्रम स्वीकृति पाउनेगरि हामीले काम ग¥यौं । तर कहिलेकाँही कम्प्युटर सिस्टममा ढिलाइ हुने भएकाले त्यसलाई पनि मध्यनजर गरेर हामीले एक घण्टा भनेका छौं । कुनै पनि श्रमिकले आफ्नो डकुमेन्टहरु मिलाएर अनलाइनमा राखेको खण्डमा आफ्नो श्रम स्वीकृति आफ्नै मोबाइलफोनमार्फत प्राप्त गर्न सक्नुहुन्छ ।’

विगतमा विदेश जानुपर्ने बाध्यतात्मक अवस्थाका श्रमिकलाई श्रमस्विकृति मिलाइदिने प्रलोभनमा ठगीका घटनाहरु भएका छन् । यस्तो घटना हुन नदिन आफैंले प्रक्रिया पुरा गर्दा छिटो श्रम स्वीकृति पाइने सिस्टम सञ्चालनमा ल्याइएको उनले बताए । 

उनले भने, ‘सारा नेपालीहरु जनता, जो दुःखमा आफ्नो परिवार पाल्न र बालबच्चा पढाउन अनि आमाबुवाको उपचारको लागि विदेश जानुपरेको छ । यो बाध्यतात्मक अवस्थामा, विदेश जान्छु भनेर काठमाडौं आउने गरिब नागरिकलाई केही मान्छेहरुले उहाँहरुलाई अझ गरिब बनाउनेजस्ता, मिटरब्याजजस्ता विभिन्न स्रोतबाट पैसा जम्मा गरेर, ती मान्छे जसले चाहिँ श्रम स्वीकृति मिलाइदिन्छु भनेर, जुन पीडामाथि पीडा थप्ने काम भइरहेको थियो, इतिहास भइरहेको छ, त्यसलाई अन्त्य गर्नको लागि यो टिमले जुन काम गर्नुभयो, सबै श्रेय उहाँहरुलाई जान्छ ।’

आफूले गरेको अध्ययनले फेनिस सफ्टवेयरको समस्याका कारण विगतमा १५ दिनजतिमा मात्रै श्रम स्वीकृति पाइने गरेको तथ्य पत्ता लगाएको पनि उनले बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार