विदेश पठाउने भन्दै २७ लाख ८० हजार ठगी गर्ने तीन जना पक्राउ

Ujyalosandeshonline 11469+ समाचार ( )
१४ माघ २०८२, मङ्गलबार

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिने भन्दै रु २७ लाख ८० हजार ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा नुवाकोट शिवपुरी गाउँपालिका–३ का ३८ वर्षीय कृष्णजी थापा, सप्तरी तिलाठी कोइलाडी गाउँपालिका–६ का २२ वर्षीय अनिलकुमार साह तथा ललितपुर महानगरपालिका–१६ का ३० वर्षीय विवेक भुजेल रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिनुभयो ।

पक्राउ परेकामध्ये थापाले युएइ पटाउने भन्दै रु छ लाख ३० हजार, साहले क्यानडा पठाउने भन्दै रु १८ लाख तथा भुजेलले युएई पठाउने भन्दै रु तीन लाख ५० हजार लिई सम्पर्कविहीन भएको उजुरीको आधारमा पक्राउ गरिएको उहाँले बताउनुभयो । पक्राउ परेकाहरूलाई आजै आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरी उपरीक्षक भट्टले बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार