मुख्य समाचार
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड | मुस्ताङ अस्पतालमा बढे बिरामी | मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ |

छाँयानाथको माथि बालै गाउँमा पहिलोपटक गाडी पुग्दा स्थानीय हर्षित, नाचगान र देउडासहित स्वागत

Ujyalosandeshonline 11474+ समाचार ( )
२७ वैशाख २०८२, शनिबार

मुगु । मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका–९ स्थित माथि बालै गाउँमा पहिलोपटक गाडी पुगेपछि स्थानीयवासी हर्षित भएका छन् । गाडीको आगमनलाई ऐतिहासिक उपलब्धिका रूपमा लिँदै उनीहरूले फूलमालासहित पूजा गरेर नाचगान र देउडा गीतमार्फत स्वागत गरेका हुन् ।

सदरमुकाम गमगढी हुँदै बालै र माथि बालै जोड्ने सडकको ट्रयाक खुलेसँगै लिउडी हुँदै माथि बालै गाउँसम्म गाडी पुगेको हो । वर्षौँदेखिको गाडी चढ्ने सपना पूरा भएको भन्दै स्थानीयहरूले खुसी व्यक्त गरेका छन् । स्थानीयवासीका अनुसार पहिले बिरामी, सुत्केरी वा तरकारी बोक्नका लागि डोको र पीठो प्रयोग गर्नुपर्ने बाध्यता अब हटेको छ  ।

छायाँनाथ रारा नगरपालिकाको २० लाख रुपैयाँ लागतमा उपभोक्ता समितिमार्फत डोजर प्रयोग गरेर सडक निर्माण गरिएको हो । बिहीबार एक कार्यक्रमकाबीच नगरप्रमुख विष्णु कुमार भाम र उपप्रमुख ऐश्वर्य मल्लले सडकको संयुक्त रूपमा उद्घाटन गरेका थिए ।

सडक उद्घाटन कार्यक्रममा नगरप्रमुख भामले चुनावी वाचाअनुसार गाउँगाउँमा सडक र विद्युत् पु–याउने प्रतिबद्धताअनुसार कार्य भइरहेको बताए । उनका अनुसार नगरपालिका भित्रका ८७ गाउँमध्ये अधिकांशमा सडक पुगेको छ भने बाँकी रहेका कम्फा, तिर्प, सुम्ली, मुर्मा र सालिम गाउँमा पनि आफ्नो कार्यकालमै सडक पु–याउने लक्ष्य रहेको बताए ।

स्थानीय बलबहादुर भामले गाउँमा बढी मात्रामा उत्पादन हुने आलु र सिमीलाई अब सहज रूपमा बजारसम्म पुर्याउन सकिने बताए । ‘पहिले दुई घण्टा बोकेर गमगढी पु–याउनु पथ्र्यो, धेरैजसो कुहिन्थ्यो,’ उनले भने, ‘अब गाडी आएको छ, बजार पहुँच सजिलो हुनेछ, र युवाहरू खेतीमै आकर्षित हुनेछन् ।’

उपप्रमुख मल्लले गाडी नपुगेका कारण गाउँका बिरामी र सुत्केरी महिलालाई डोकोमा बोक्नुपर्ने बाध्यता हटेको बताउँदै अब गाउँमा एम्बुलेन्स र अन्य सवारीसाधन पुग्न सक्ने अवस्था बनेको बताइन् । सडक विस्तारसँगै माथि बालै गाउँमा विकासको नयाँ ढोका खुलेको स्थानीयवासीको विश्वास छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार