मुख्य समाचार
रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक |

भूकम्पपीडितका लागि अस्थायी आवास निर्माण सुस्त

Ujyalosandeshonline 11009+ समाचार ( )
३ माघ २०८०, बुधवार

जाजरकोट । जाजरकोट भूकम्पबाट पीडितहरूले साढे दुई महिना बित्दासम्म पनि त्रिपालको बास बस्न बाध्य छन् । आफैँले अस्थायी आवास निर्माण गर्न नसक्ने र सरकारले दिने भनेको अनुदान समेत समयमा नदिएका कारण पीडितहरू कठ्याँग्रिदो चिसोमा त्रिपालमुनि बस्न बाध्य छन् । अनुदानको पहिलो किस्ता पाएका पीडितहरूले समेत जनशक्ति अभावका कारण द्रुत गतिमा आवास निर्माण गर्न सकेका छैनन् । 

जाजरकोट र रुकुमपश्चिम जिल्ला प्रशासन कार्यालयहरूका अनुसार हालसम्म करिब आधाले मात्रै अस्थायी आवास बनाएका छन् । पछिल्लो तथ्यांकअनुसार जाजरकोटमा कुल ३५ हजार १ सय ४० लाभग्राही कायम भएकोमा २१ हजार ४ सय ४४ घर परिवारले मात्रै अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता बुझेका छन् । जिल्लाका २७ हजार १३२ परिवारले अनुदान सम्झौता गरेपनि ९ हजार ६३८ परिवारले पहिलो किस्ता बुझ्नै बाँकी रहेको सहायक प्रमुख जिल्ला अधिकारी हरिचन्द्र शर्माले जानकारी दिए । 

त्यस्तै, रुकुम पश्चिममा कुल २८ हजार ४३ जना लाभग्राही कायम भएकोमा २२ हजार ६५ जनाले पहिलो किस्ता वापतको अनुदान रकम बुझेका छन् । जिल्ला प्रशासनका अनुसार १४ हजार ६ वटा अस्थायी आवास निर्माण कार्य सम्पन्न भएको छ । अझै आधाभन्दा धेरै परिवारको बास त्रिपालमुनि छन् । 

सरकारले समयमा अनुदानको बजेट नदिँदा र प्रक्रियागत झमेलाका कारण सबै पीडितहरूले समयमै अनुदान लिएर आवास निर्माणको काम गर्न पाएका छैनन् । 

रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाका मेयर रवी केसीले श्रोतसाधन र दक्ष जनशक्तिको अभावका कारण अस्थायी आवास निर्माणले गति लिन नसकेको बताए । ‘केहीले त आवास निर्माण गरिरहेको, तर नगरपालिकाबाट लिनुपर्ने रकम बझ्न र जानकारी गराउन ढिला गरेको पनि पाइएको छ । यसकारण पनि तथ्यांकमा केही कमी देखिएको छ,’ उनले भने । 

जाजरकोट केन्द्र बनाएर गत १७ कात्तिकमा गएको भूकम्पका कारण १५३ जनाको मृत्यु भएको थियो भने भूकम्पपछि चिसोका कारण नै ३७ जनाको ज्यान गइसकेको छैन । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै