मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

जेन जी आन्दोलनका घाइतेहरूलाई ७ दिनभित्र सम्पर्कमा आउन जिल्ला प्रशासन कार्यालय रुपन्देहीको अनुरोध

Ujyalosandeshonline 12431+ समाचार ( )
१ मंगशिर २०८२, सोमबार

भैरहवा । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जेन जी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूलाई सम्पर्कमा आउन अनुरोध गरेको छ। जिल्ला स्तरीय सहजीकरण समितिबाट घाइते तथा अपाङ्गताको वर्गीकरण गर्नुपर्ने भएकोले प्रशासन कार्यालयले सोमबार एक सूचना जारी गर्दै घाइते भएका व्यक्तिहरूलाई ७ दिनभित्र सम्पर्कमा आउन अनुरोध गरेको हो।

रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारीद्वारा जारी गरिएको सूचनामा भनिएको छ, 'जेन जी प्रदर्शनका घाइतेहरूको वर्गीकरण सम्बन्धी कार्यविधि, २०८२ अनुसार गठित हुने जिल्ला स्तरीय सहजीकरण समितिबाट घाइते तथा अपाङ्गताको वर्गीकरण गर्नुपर्ने भएकाले उक्त आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूले नेपाली नागरिकताको प्रमाणपत्र र अस्पतालमा उपचार गराएको सम्पूर्ण कागजातसहित यस कार्यालयमा ७ दिनभित्रमा सम्पर्क राख्नुहुन अनुरोध छ।'

यो अनुरोध घाइतेहरूको विवरण संकलन गरी उनीहरूको अवस्था अनुसार वर्गीकरण गर्नका लागि गरिएको हो। यसबाट घाइतेहरूलाई आवश्यक सहयोग तथा सुविधा उपलब्ध गराउन सहज हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार