मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

जलजलामा १८ ठाउँमा एकैपटक शवदाहस्थल निर्माण सुरु

Ujyalosandeshonline 11005+ समाचार ( )
१ फाल्गुन २०८२, शुक्रबार

म्याग्दी । जिल्ला सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकाले पालिकाभित्र रहेका सबै शवदाहस्थललाई एकैपटक व्यवस्थित गर्न आयोजना निर्माण सुरु गरेको छ । सङ्घीय सरकारसँगको लागत साझेदारीमा जलजला गाउँपालिकाले १८ ठाउँका शवदाहस्थलमा पूर्वाधार निर्माण गरेर व्यवस्थित बनाउन लागेको हो । जलजलाको अधिकांश शवदाहस्थल कालीगण्डकी नदीको किनारमा रहेका छन् । लेकफाँट, वनमडे, डाँडाकटेरी, लोप्रे, कुवापानी, बनौलगायत जनजाति बस्तीको माथिल्लो क्षेत्रका घाटहरूलाई पनि व्यवस्थित बनाइने भएको छ । रु दुई करोड ५८ लाखमा ठेक्का सम्झौता गरेको जेआरएस इन्जिनियरिङ सोलुसन एन्ड कन्ट्रक्सन दाङले योजना निर्माणको काम सुरु गरेको छ ।

पानी परेको अवस्थामा पनि शव जलाउन मिल्ने सत्तल, घाटमा पुग्ने पदमार्ग, कपडा फेर्ने ठाउँ, मलामी बस्ने आश्रयस्थल, शौचालय, पानी, विद्युत्को व्यवस्था मिलाउन पूर्वाधार तयार पारिने जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो । “धेरै मानिसको जमघट हुने घाटमा पूर्वाधार अभावमा नागरिकले समस्या भोग्नुपरेको गुनासो आएपछि राष्ट्रिय योजना आयोगमा समपूरक बजेटका लागि गरेको प्रस्ताव स्वीकृत भएपछि आयोजना कार्यान्वयन थालिएको हो”, उहाँले भन्नुभयो, “चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्यसहित योजना निर्माण अघि बढेको छ ।”

शवदाहस्थल नजिकै हिन्दू मृत्यु संस्कारमा आवश्यक पर्ने बर र पिपलको बिरुवा पनि रोपिनुका साथै संरक्षण समिति बनाएर समुदायलाई हस्तान्तरण गरिने भएको छ । व्यवस्थित घाट नहुँदा बर्खामा बाढीले जलाउँदै गरेको शव बगाउने, मलामीहरूले गर्मीमा चर्को घामको सामना र झरीमा रुझ्नुपर्ने समस्या रहेको छ । जलजला गाउँपालिका–६ शालिजामा भने यसअघि नै दुईवटा घाट निर्माण भएर प्रयोगमा छन् । योजनामार्फत डमुवाखोला, लस्ती, खनियाघाट, मिलनचोक, वारीबेनीलगायत कालीगण्डकी किनारको घाट बनाउन लागिएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार