मुख्य समाचार
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड | मुस्ताङ अस्पतालमा बढे बिरामी | मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ |

बुद्ध जयन्तीमा प्रदेश प्रमुखको आह्वान : अहिंसा, शान्ति र विश्वबन्धुत्वमा अग्रसर बनौं

Ujyalosandeshonline 11474+ समाचार ( )
२९ वैशाख २०८२, सोमबार

कैलाली । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले २५६९ औं बुद्ध जयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्दै सम्पूर्ण नेपाली जनता तथा बौद्ध धर्मावलम्बीहरूलाई अहिंसा, शान्ति र मैत्रीको बाटो अँगाल्न आह्वान गरेका छन्। विश्व शान्तिका अग्रदूत तथा राष्ट्रिय विभूति गौतम बुद्धको शिक्षाले व्याप्त हिंसा, द्वेष र असहिष्णुताको अन्त्य गर्न सक्ने विश्वास व्यक्त गर्दै प्रदेश प्रमुख मियाँले बुद्धका विचारहरू अझै सान्दर्भिक रहेको उल्लेख गरेका छन्।

‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो,’ शुभकामना सन्देशमा उल्लेख गरिएको छ, ‘बुद्धले दिनुभएको प्रेम, सद्भाव र आत्मीयताको मार्गले व्यक्तिको आध्यात्मिक उन्नति मात्र होइन, सामाजिक एकता र सहअस्तित्वलाई पनि बलियो बनाउँछ।’

बुद्ध जयन्ती बौद्ध धर्मावलम्बीहरूले पूजा, ध्यान, भिक्षादानलगायतका विविध धार्मिक विधिबाट श्रद्धापूर्वक मनाउने परम्परा रहेको प्रदेश प्रमुखको सन्देशमा उल्लेख गरिएको छ। शुभकामना सन्देशमा उनले  समाजमा सहिष्णुता, धार्मिक सहअस्तित्व र राष्ट्रिय एकता कायम राख्न बुद्धका शिक्षाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् 

सन्देशमा प्रदेश प्रमुख मियाँले बुद्ध जयन्तीको अवसरमा सम्पूर्ण मानवजातिलाई हिंसा र युद्धको बाटो परित्याग गरी अहिंसा, मैत्रता र विश्वबन्धुत्वको मार्गमा अग्रसर हुन प्रेरणा मिलोस् भन्ने शुभेच्छा समेत व्यक्त गरेका छन्। बुद्ध जयन्तीको उपलक्ष्यमा देशभर सार्वजनिक बिदासहित विविध कार्यक्रमको आयोजना गरी पर्व मनाइँदैछ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार