मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

कर्णालीमा १३ विद्यालयमा मुख्यमन्त्री डिजिटल शिक्षा कार्यक्रम

Ujyalosandeshonline 11005+ समाचार ( )
१७ वैशाख २०८२, बुधवार

सुर्खेत । कर्णाली प्रदेश प्रदेश सरकारले मुख्यमन्त्री डिजिटल शिक्षा कार्यक्रम सञ्चालन गरेको छ । अघि प्रदेश सरकारको महत्वाकांक्षी योजनाको रुपमा रहेको यो कार्यक्रममा कर्णालीका १३ विद्यालय छनोट गरिएको छ । शिक्षालाई समानुकुल प्रविधिमा आधारित गुणस्तरीय बनाउन मुख्यमन्त्री डिजिटल शिक्षा कार्यक्रम अन्तर्गत छनौंट गरिएका विद्यालयका सम्बन्धित स्थानीय तहमार्फत यो कार्यक्रम कार्यान्वयनमा ल्याइने छ । 

कार्यक्रममार्फत पहिलो चरणमा कर्णालीका १३ वटा विद्यालयको भौतिक पूर्वाधार निर्माणका साथै प्रविधिमैत्री शिक्षण सिकाईका लागि सुचना तथा सञ्चार प्रविधि प्रयोगशाला, शिक्षण सिकाई केन्द्रलगायत स्थापना गरिनेछ । कर्णालीको सार्वजनिक शिक्षा सुधार गर्न सामुदायिक विद्यालयको प्रविधिमैत्री शिक्षण सिकाइलाई प्रभावकारी बनाउन यो कार्यक्रम ल्याइएको कर्णाली प्रदेशका सामाजिक बिकास मन्त्री घनश्याम भण्डारीले बताए । 

१३ सामुदायिक विद्यालयमा सुचना तथा सञ्चार प्रविधि प्रयोगशाला, इ–लर्निङ्ग, शिक्षण सिकाइ केन्द्र तथा विद्यालय व्यवस्थापन प्रणाली स्थापना गरी दक्ष, सीपयुक्त र नैतिकवान् जनशक्ति उत्पादन गर्ने सरकारको लक्ष्य रहेको उनको भनाइए छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार सुर्खेतको आदर्श मावि, दैलेखको आठवीस नगरपालिका–४, राकमको जनज्योति मावि, डोल्पाको ठुलोभेरी नगरपालिका–३ को सरस्वती मावि, जुम्लाको कनकासुन्दरी मावि, कालिकोटको नरहरिनाथ गाउँपालिका–१ मा रहेको नन्दादेवी मावि, मुगुको मुगुमकार्मारोङ गाउँपालिका–३ को नेपाल राष्ट्रिय आवासीय मावि र हुम्लाको अदानचुली गाउँपालिका–५ मा रहेको सल्लाघारी मावि छन् ।

यस्तै भूकम्प प्रभावित जिल्ला जाजरकोटको छेडागाड नगरपालिका—१२ मा रहेको नारायणी मावि र शिवालय गाउँपालिका–६ मा रहेको इन्द्रज्योति मावि, सल्यानको कपुरकोट–४ स्थित किमुचौरमा रहेको नेपाल राष्ट्रिय मावि र दार्मा–३ स्थित फारुलाचौरमा रहेको जनज्योति मावि, रुकुम पश्चिमको चौरजहारी नगरपालिका–२ स्थित नयाँ बजारको शितल मावि र मुसिकोट–५ स्थित सेरीगाउँको यमुना नन्द मावि नमुना विद्यालय छनोटमा परेका छन् । सबै विद्यालयलाई ७० लाखका दरले बजेट पाउनेछन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार