मुख्य समाचार
रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक |

सिद्धार्थनगरमा पुस २७ देखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

Ujyalosandeshonline 11009+ समाचार ( )
१८ पौष २०८१, बिहीबार

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गराउने भएको छ । नगरभित्रका सामूदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको शैक्षिक तथा शारीरिक विकासलाई लक्षित गरेर प्रतियोगिता गर्न लागिएको नगरप्रमुख (मेयर) इश्तियाक अहमद खाँले जानकारी दिए ।

उनका अनुसार यही पुस २७, २८ र २९ गते सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ स्थित श्री पक्लिहवा माध्यमिक विद्यालयमा प्रतियोगिता हुनेछ । थप आवश्यक परे पक्लिहवा कृषि क्याम्पसको खेलमैदानलाई समेत प्रयोग गर्न सकिने गरी निर्णय भएको पनि नगरपालिकाले जनाएको छ । प्रतियोगिताको तयारी तीव्र पारिएको छ ।

विद्यालयस्तरमा रहेका प्रतिभालाई छनौट गरी उत्कृष्ट खेलाडीहरुलाई जिल्लास्तरीय हुँदै प्रदेश र राष्ट्रिय प्रतियोगितामा समावेश गराउने उद्देश्यले रनिङ शिल्ड आयोजना गरिएको नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद विकास शाखा प्रमुख चेतनशील लम्सालले जानकारी दिए । प्रतियोगितामा तेक्वान्दो, एथलेटिक्स, कबड्डी, भलिबल जस्ता खेल हुनेछन् ।

प्रतियोगिता सञ्चालनका लागि खेल संयोजकहरु पनि तोकिएको छ । तेक्वान्दोतर्फ दीपेन्द्र बुढाप्रिती, एथलेटिक्सतर्फ कृष्ण शाक्य, कबड्डीतर्फ महेन्द्र बहादुर सुनार र भलिबलतर्फ दिनेश आचार्यलाई संयोजक तोकिएको छ । प्रतियोगितामा सिद्धार्थनगर नगरपालिका अन्तरगत रहेका सामूदायिक र संस्थागत विद्यालयहरुको सहभागीता रहनेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार