मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

अर्घाखाँचीमा निर्वाचन अवधिभर मदिरा बिक्री, वितरण र सेवनमा पूर्ण प्रतिबन्ध

Ujyalosandeshonline 12441+ समाचार ( )
१५ फाल्गुन २०८२, शुक्रबार

अर्घाखाँची । आउँदो निर्वाचनलाई शान्तिपूर्ण, मर्यादित र निष्पक्ष रूपमा सम्पन्न गर्न अर्घाखाँची जिल्लामा मदिरा बिक्री, वितरण तथा सेवनमा पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ । निर्वाचन प्रक्रिया पूर्ण रूपमा सम्पन्न नभएसम्मका लागि जिल्लाभर लागू हुने गरी उक्त निर्णय गरिएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आयोजित सरोकारवालाहरूको एक सर्वपक्षीय कार्यक्रमले यस्तो निर्णय गरेको हो। मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेले निर्वाचनको समयमा हुन सक्ने सम्भावित घटनाहरूलाई रोक्न र जिल्लाको वातावरण शान्त तथा भयरहित राख्ने उद्देश्यले मदिरामा पूर्ण रोक लगाइएको जानकारी दिनुभयो।

साथै, मुख्य निर्वाचन अधिकृत पाण्डेले यस नियमको कडाइका साथ पालना गर्न सम्पूर्ण जिल्लावासी तथा व्यवसायीहरूलाई आग्रह गर्नुभएको छ। उहाँले निर्णयको उल्लङ्घन गरी कसैले मदिराको बिक्री, वितरण वा सेवन गरेको पाइएमा त्यस्ता व्यक्ति वा व्यवसायमाथि तत्काल कडा कानुनी कारबाही गरिने चेतावनीसमेत दिनुभएको छ। सबै राजनीतिक दल र सरोकारवालाहरूको सहमतिमा भएको यस निर्णयले अर्घाखाँचीमा निर्वाचन सौहार्दपूर्ण वातावरणमा सम्पन्न हुने अपेक्षा गरिएको छ। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार