मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

अर्घाखाँचीकाे पाणिनिमा चैत २७ र २८ गते सम्मेलन हुने उद्घाटन गर्न प्रधानमन्त्री ओली आउने

अनिल नेपाली 141+ समाचार ( )
११ चैत्र २०८१, मङ्गलबार

अर्घाखाँची । अर्घाखाँची जिल्लाको पाणिनि गाउँपालिकाकै उत्कृष्ट धार्मिक तथा पर्यटकीय महत्व बोकेको पाणिनि तपोभुमिको प्रचारप्रसार र स्तरवृद्धी गर्न चैत २७ र २८ गते पाणिनि सम्मेलनको आयोजना गरिएको छ ।  सम्मेलनको उद्घाटन गर्न प्रधानमन्त्री केपि शर्मा ओलि आउनेहुने भएको छ । चैत २७ गते सम्मेलनको उद्धघाटन गर्न प्रधानमन्त्री ओलि पाणिनि तपोभुमिमा आउने गाउँपालिका अध्यक्ष टेकराज न्यौपानेले जानाकारी दिनुभएको छ ।

पाणिनी गाउँपालिकामा रहेको देसका उत्कृष्ट सय गन्तव्य मध्येको पाणिनि तपोभुमी क्षेत्र प्रचारप्रसारको अभावमा ओझेलमा परेको यस स्थानको बिकासका लागि सम्मेलन गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेलेले बताउनुभयो ।

देश तथा बिदेसबाट थुप्रै साधु सन्त र धार्मिक ब्याक्तित्वहरु सहित हजारौंको सङ्ख्यामा उपस्थिति रहने अनुमान गरिएको सम्मेलनमा पाणिनिमा रहेका दुर्वाशेश्वर गुफा, सिद्धेश्वर गुफा, मालिका मन्दिर लगायतका धार्मिक पर्यटकीय सम्भावना भएका क्षेत्रको पनि प्रचारप्रसारमा टेवा पुग्ने बिश्वास रहेको गाउँपालिका उपाध्यक्ष नर्मदा गौतम पौडेलले बताउनुभएको छ।

सम्मेलनको तयारी स्वरूप गाउँपालिकाले जनभेटघाट तथा छलफलहरुलाई समेत तिव्रता दिएको छ । साथै विभिन्न उपसमितिहरु समेत निर्माण गरिसकेको छ । देश तथा बिदेसमा रहेका आम नेपालीको समेत पहिचान निर्माण गर्दै पाणिनिको सम्वृद्धिमा योगदान पुग्ने गरि सम्मेलन सफल हुनुपर्नेमा स्थानीय जनप्रतिनिधि, राजनीतिक दल, सामाजिक ब्याक्तित्व  तथा स्थानीयहरुको जोड रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार