मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

यादवले पार्टी कब्जा गर्न खोज्दा हामी नयाँ ढंगमा प्रश्तुत भयौं : अशोक राई

Ujyalosandeshonline 12441+ समाचार ( )
२७ वैशाख २०८१, बिहीबार

काठमाडौं । प्रस्तावित जनता समाजवादी पार्टीका संघीय अध्यक्ष अशोक कुमार राईले जनता समाजवादी पार्टी नेपालले महाधिवेशन नै अनियमित ढङ्गले गर्न खोजेको र पार्टी कब्जा गरेर आफ्नो मुठ्ठीभित्र राख्ने प्रयास गरेकाले पार्टी विभाजन गर्नु परेको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले त्यस्तो बताएका हुन् । उपेन्द्र यादव अमेरिका गएको बेला खुसुक्क किन पार्टी फुटाएको भन्ने प्रश्नमा उनले अमेरिका जानुअघि नै सबै पार्टीका नेताहरुसँग छलफल नगरी परिपत्र गरेर विदेश उडेको र वातावरण नै त्यस्तै सृजना गरिदिएको बताए ।

उनले भने,‘महाधिवेशन नै अनियमित ढङ्गले कब्जा गरेर आफ्नो मुठ्ठीभित्र पार्टी राख्ने प्रयत्न भयो । उहाँ अमेरिका उड्न भन्दा अगाडि परिपत्र जारी गर्नुभएको थियो । त्यो परिपत्र त्यसको नमुना र प्रमाण हो । नेताहरुसँग छलफल नै नगरी बैठक बोलाउनुभयो । एक्कासी आठ जना कार्यकारिणीको उपस्थिति भयो दश जना आएनन् । त्यस्तै निर्णय गर्दै र सोही अनुसारको परिपत्र गरेर हिड्नुभयो । अमेरिका गएको बेला खुसुक्क किन गरेको भन्नुहुन्छ भने उहाँले वातावरण नै त्यस्तो बनाइदिनुभयो ।’

सदस्यताको रेकर्डपनि प्रमाणीत गर्न नपाईने र महाधिवेशनका प्रतिनिधिहरु छान्ने र छानिने कुरामा पनि सन्तुलित ढङ्गले नगरी पार्टी कब्जा गर्न खोजेको आरोप लगाए । उनले जसपाले विधान विपरीत गएर पार्टी चलाइरहेको पनि बताए ।

उनले महाधिवेशन अनियमित ढङ्गले अघि बढाएको, सदस्यताको रेकर्डपनि प्रमाणीत गर्न नपाएको, लाखौं मानिसका नाम सदस्यमा राख्ने, संगठित सदस्यता र पार्टी सदस्यता दुई व्यवस्था भएपनि त्यसमा गम्भीर नबनेको बताए ।

महाधिवेशनका प्रतिनिधिहरु छान्ने अनुपात पनि कुनै सन्तुलित ढङ्गले नगरेको र पार्टी कब्जा गर्ने नियतका साथ अघि बढेको राईको आरोप छ ।

आजसम्म जनता समाजवादी पार्टी नेपाललाई जसरी नेतृत्व प्रदान गरियो सोही अनुसारको  उन्नती भने गर्न नसकेको उनको भनाई छ । घट्दो जनताको आकर्षणलाई पुनः स्थापित गर्न सकिन्छ भन्ने अठोटकासाथ आफुहरु अगाडि आएको उनको भनाइ थियो ।

अदालतको प्रशंग कोट्याउँदै अध्यक्ष राईले पार्टी अनियमित, गैर संवैधानिक, गैरकानुनी ढङ्गले दर्ताको प्रक्रिया भएको भए निर्वाचन आयोग जस्तो संवैधानिक अंग कानुनविद्को बहस समेत गराएर सहमति दिने र दर्ता गराएको भन्दै उनले दर्ता प्रक्रियाको बचाउ गरे ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार