मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

लुम्बिनीका मुख्यमन्त्री आचार्यद्वारा जनै पूर्णिमाको शुभकामना व्यक्त

Ujyalosandeshonline 11005+ समाचार ( )
२५ श्रावण २०८२, शनिबार

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले धार्मिक तथा सांस्कृतिक पर्व जनै पूर्णिमा तथा रक्षा बन्धनको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । शनिबार एक शुभकामना सन्देश जारीगर्दै मुख्यमन्त्री आचार्यले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताले भरिएको समाज भएको उल्लेख गर्दै यस्ता पर्वहरूले आपसी समझदारी, सहिष्णुता र सामाजिक एकताको प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको भएको हो ।

उहाँले जनै पूर्णिमालाई धार्मिक संस्कारसँगै पारिवारिक सम्बन्ध बलियो बनाउने पर्वका रूपमा उल्लेख गर्दै परस्पर स्नेह, सम्मान र संरक्षणको भावना यस पर्वको मूल सन्देश रहेको बताउनुभयो । यसले पारिवारिक एकता र सामाजिक सद्भावलाई अझ सुदृढ बनाउने उहाँको भनाइ छ ।

मुख्यमन्त्री आचार्यले नेपालको संविधानले प्रत्याभूत गरेको सांस्कृतिक विविधताको सम्मान गर्दै यस्ता मौलिक चाडपर्वहरूको संरक्षण, संवद्र्धन र प्रवद्र्धनमा सबै पक्षको साझा भूमिका आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । साथै, लुम्बिनी प्रदेश सरकारले मौलिक कला, संस्कृति र परम्पराको प्रवद्र्धनमार्फत समृद्ध प्रदेश निर्माणको संकल्प लिएको पनि उहाँले उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार