मुख्य समाचार
सरकारी सेवा प्रभावकारी बनाउन सञ्चारमन्त्री डा.तिमिल्सिनाको निर्देशन | सरकारी कर्मचारीलाई खुसीको खबर : अब महिनाको दुई पटक तलब पाइने | एनओसी सेवा अब पूर्णतः ‘फेसलेस’, घरैबाट प्रिन्ट गर्न सकिने | रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" |

चिसो छल्न बेँसी झरेपछि बस्ती र प्रहरी चौकी खाली

Ujyalosandeshonline 11011+ समाचार ( )
७ पौष २०८०, शनिबार

मुगु । चिसो छल्न बेँसी झरेपछि मुगुमा बस्ती र प्रहरी चौकी खाली भएका छन् । बिशेष गरी पुस र माघ महिनामा अत्याधिक जाडो हुने भएकाले मुगु जिल्लाको उत्तरी भेग तिब्बतको सिमाना नाक्चेलाग्नासँग जोडिएको मुगु ,डोल्फु,चितैगाँउ र मुगु ईलाका प्रहरी चौकीमा बस्दै आएका प्रहरी लगायत अन्य उच्च बस्तीमा बस्ने नागरिकहरु बेँसी झरेका हुन् ।

नागरिकहरुलाई चिसोका कारण विभिन्न रोगको समस्या देखा पर्न थालेपछि चिसोबाट बच्नको लागी स्थानीय नागरिकहरु बेँसी झरेपछि प्रहरी चौकी गाँउको बस्ती नै खाली भएको बताइएको छ ।

चिसोले गाँउमा कुनै पनि नागरिक नबस्ने भएपछि गाँउ खाली भएको र अहिले गाँउमा २ जना पुजारी मात्र रहेको स्थानीय तथा कृषक च्यावा लामाले बताए । उनले भने, ‘चिसोबाट बच्नका लागी शिरानिसरा ,गमगढी ,जुम्ला जान्छन्, धनी र आर्थिक पहँुच हुनेहरु सबै काठमाडौं गएर बस्छन्, उनीहरु बैशाख र जेठ महिनामा मात्रै गाँउ फर्कनछन्, यता बस्ने हामी मात्रै हौँ ।, 

यस्तै,चिसोबढेपछि विद्यालयमा अध्यनरत बालबालिकाहरुलाई पनि समस्या भएको र बिहान ,दिउँसो र बेलुका प्र्रत्येक कक्षामा दाउरा बालेर आगो तापेर अध्ययन गराई रहेको नेपाल राष्ट्रिय आवासिय विद्यालय ताखाका प्रधानध्यापक कुशल शाहीले बताएका । 

यस्तै,चिसोले कारण शरीरका विभिन्न भागहरु  दुख्ने र लामो समयसम्म थला परेको बृद्धबृद्धाहरुलाई बाहिर भित्रै आउन समेत निकै समस्या भइरहेको छाँयानाथ रारा नगरपालिका वडा न.१ का ७६ बर्षीय स्थानीय कृष्ण बहादुर मल्लले बताए । उनले भने, । ‘बाहिर हिँउ र तुसारो परेको छ, दाउराको आगो ताप्छौँ,घरभित्रै बस्छौ, हामीलाई बाहिर आउन गाह्रो छ ।, 

यस्तै, जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्रका प्रमुख लक्ष्मी प्रसाद पाण्डेका अनुसार अरु समयको भन्दा यो समयमा बिरामीहरुको चाप बढ्दै गएको र गत बर्ष भन्दा यो बर्ष दिनप्रति दिन अस्पतालमा दिनकै २०,२५ जना बिरामी आउने गरेको बताए ।

यसैबिच मंसिर १५ गते जिल्ला सुरक्षा समितिको निर्णय र प्रदेश प्रहरी कार्यालयको आदेश बमोजिम मुगु सीमा प्रहरी चौकीमा अत्याधिक जाडो हुने भएकाले त्यस क्षेत्रमा बस्ती नै खाली भएपछि प्रहरी चौकीमा कार्यरत प्रहरी नायव निरीक्षक सहित १८ जना प्रहरीलाई समेत जाडो कटाउन जिल्लातिर सारिएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरिक्षक बिरेन्द्र थापाले जानकारी दिए ।

यस्तै,बैशाख र जेठ महिनापछि मात्रै ईलाका प्रहरी कार्यालयमा पठाइने र ६,७ महिनासम्म ईलाका प्रहरी चौकी खाली गरिएको प्रहरी नायव उपरिक्षक थापाले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार