मुख्य समाचार
तेह्रथुम र पाँचथर जोड्ने निर्माणाधीन लुमुघाट पुल | तरकारीखेतीबाट बराहक्षेत्रका किसान आत्मनिर्भर | तीन सातामा दुई हजार सात सय पर्यटक हुम्ला भित्रिए | बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा | हुम्लाको बौल्यानामा खानेपानी समस्या | शक्ति गौचनद्वारा रुपन्देही क्रिकेट संघको अध्यक्षमा उम्मेदवारी घोषणा | बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास |

कर्णालीका कृषि उत्पादन युरोप निर्यात

Ujyalosandeshonline 11479+ समाचार ( )
६ अशोज २०८२, सोमबार

सुर्खेत । कर्णालीका कृषि उत्पादनहरु युरोप निर्यात हुन थालेपछि किसानहरु खुशी भएका छन् । आर्थिक वर्ष २०८१÷०८२ मा कर्णालीबाट तीन सय ६५ मेट्रिक टन अदुवा र बेसारको धुलोलगायत कृषि उत्पादनहरु युरोपमा निर्यात गरिएको छ । 

कर्णाली सरकारको भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता बखत खड्काकाअनुसार उच्च गुणस्तरीय अदुवा र बेसारलाई सुकाएर अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रमाणीकरण गरी जर्मन निर्यात गरिएको छ । कर्णालीका सल्यान, रूकुम पश्चिम र सुर्खेतको पूर्वी क्षेत्रमा उत्पादित अदुवा, बेसार सुर्खेतको छिन्चुमा रहेको ‘द अर्गानिक भ्याली’ले संकलन गरी जर्मनीलगायत देशमा निर्यात गर्दै आएको खड्काले बताए ।

‘बर्सेनी कर्णालीको अदुवा र बेसार विदेश निर्यात भइरहेको छ’ उनले भने, ‘कर्णालीबाट अदुवा र बेसारसंगै मकैको पीठो, दाल, सिमी, घिउ र सिस्नुको धुलोजस्ता अन्य अर्गानिक उत्पादन पनि प्रमाणीकरण गरी विदेश निर्यात भइरहेको छ ।’ पछिल्लो समय कर्णालीबाट अर्गानिक अदुवा र बेसारलगायतका कृषि उत्पादन छिन्चुमा रहेको द अर्गानिक भ्यालीमार्फत प्रमाणीकरण र प्रशोधन गरी जर्मनीलगायतका तेस्रो मुलुकहरुमा निर्यात गरिरहेको बताए । 

कर्णालीमा तीन जिल्लाका दुई हजारभन्दा बढी कृषक प्रत्यक्षरूपमा लाभान्वित भएका छन् । उक्त कम्पनीले अदुवा र बेसारबाहेक मकैको पिठो, दाल, सिमी, घिउ र सिस्नुको धुलोजस्ता अन्य अर्गानिक उत्पादन पनि प्रमाणीकरण गरी विदेश निर्यात गर्ने गर्दछ । अर्गानिक प्रमाणीकरणमा आबद्ध भएपछि कृषि उपजले उचित मूल्य पाउन थालेको छ । जसले किसानको आयआर्जन बढाउनुका साथै जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेलेको छ ।

नियमित गोडमेल गर्न नपर्ने र लगानी पनि कम लाग्ने भएकाले अदुवा र बेसार खेती गर्न सहज हुनेगरेको सुर्खेत चौकुने गाउँपालिकाका कृषक हरि थापाले बताए । अदुवा र बेसार विदेशमा निर्यात भइरहेपनि भौगोलिक विकटता र कृषकको पहुँच नहुँदा किसान भने सहज रूपमा बजारसम्म पुग्न सकेका छैनन् । प्रदेश सरकारले पकेट क्षेत्र निर्माण गरेर उत्पादन र बिक्री वितरणलाई सहज बनाउनुपर्ने कृषकहरूको माग छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार