मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

रण–अम्बिका शाह सेवा गुठीद्वारा विभिन्न संघसंस्थालाई सम्मान

Ujyalosandeshonline 12431+ समाचार ( )
१८ जेठ २०८१, शुक्रबार

काठमाडौं । समाजसेवी रणबहादुर शाह ९गोते बाबु० र उनकी श्रीमती अम्बिका मल्लको नाउँमा स्थापित रण–अम्बिका शाह सेवा गुठी नेपालले वार्षिक उत्सवको अवसर पारेर विशेष कार्यक्रम आयोजना गरेको छ । श्री शाहका परिवारजनको विशेष सक्रियतामा अम्विका निवास,  लाजिम्पाटमा बिहीबार आयोजित एक समारोहमा  गुठीले विभिन्न व्यक्ति र संस्थालाई नगदसहित सम्मान गरेको हो ।

संस्थाका अध्यक्ष चिन्तामणि नाथ योगीको सभापतित्व एवं पूर्व मुख्यसचिव शंकर वैरागीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सिर्जनात्मक कला गुठी नेपाल धोविघाटकी संस्थापिका उर्मिला गर्ग उपाध्याय र दाङको पाण्डवेश्वर महादेव मन्दिर, धारपानीलाई नगद एक लाख ११ हजार एक सय ११ रुपैयाँ सहित ‘रण–अम्बिका सेवा पुरस्कार’ प्रदान गरिएको थियो ।

पाण्डवेश्वर मन्दिरको तर्फबाट अध्यक्ष गणेश अधिकारीले प्रशंसापत्रसहित नगद ग्रहण गरेका थिए । यसैगरी, नेपाली शिक्षा परिषद् सोह्रखुट्टे काठमाडौंलाई ७ लाख, हिन्दू विद्यापीठ नेपाल थली काठमाडौंलाई ५ लाख, एक एक पाइला सामुदायिक स्वास्थ्यकेन्द्र थापाथलीलाई ५ लाख,  त्रिवेणी धाम आरती समूह शंखमुललाई  २ लाख प्रदान गरिनुका साथै  दुर्गा मन्दिर धर्ना, दाङलाई निरन्तर सहयोग गर्ने घोषणा पनि गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि पूर्व मुख्य सचिव शंकर बैरागीले नेपालमा गुठीहरुले राम्रो काम गरिरहेको बताउँदै त्यसका लागि आफ्नो ठाउँबाट सधैं सहयोग गर्ने प्रतिवद्धता जनाए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार