मुख्य समाचार
रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक |

समयमाई कृषि उपज बजार सञ्चालक समितिको साधारण सभा सम्पन्न

जैसमोहम्मद खान 73+ समाचार ( )
२८ फाल्गुन २०८०, सोमबार

मर्चवार । सम्मरीमाई गाउँपालिक वडा नम्बर ६ मा रहेको समयमाई कृषि उपज बजार सञ्चालक समितिको सातौ बार्षिक साधारण सभा सोमबार मन्झरीया चौराहामा सम्पन्न भएको छ । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य कन्हैया बनियाले कृषकहरुलाई आवश्यक परेको जुनसुकै समयमा आफु सहयोगको लागि तयार रहेको बताए । उनले मर्चवार कृषि क्षेत्रमै आश्रित रहे पनि मल, बिउ बिजन लगायतको समस्याबाट गुज्रिरहेको बताउदै यसबारे आफुले पटक पटक सदनमा आवाज उठाएको जिकिर गरे । 

यस्तै सम्मरीमाई गाउँपालिका अध्यक्ष विनोद श्रीवास्तवले नविकरण नभएका कृषि समूहहरुलाई नियमानुसार नविकरण गर्न आग्रह गरे । उनले नविकरण पश्चात गाउँपालिकालाई पनि सहयोग गर्न सहज हुने बताए । यसै बिच उनले पालिकाले समयमाई कृषि उपज बजार सञ्चालक समितिलाई पर्खाल निर्माणको लागि ५ लाख रुपैया बजेट छुट्टयाएको बताए । 

समयमाई कृषि उपज बजार सञ्चालक समितिका अध्यक्ष रामसेवक केवटको अध्यक्षता, प्रदेश सभा सदस्य कन्हैया बनियाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सम्मरीमाई  गाउँपालिकाका अध्यक्ष विनोद श्रीवास्तव, उपाध्यक्ष कुमारी प्रिंयका सिंह शाही, वडा नम्बर ६ का अध्यक्ष तेलन केवट, कृषि शाखा प्रमुख सुरज पाण्डे, वडा नम्बर ६ का वूर्व वडा अध्यक्ष सत्यनारायण केवट, समाजसेवी केशव तिवारी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम शेषनाथ यादवको सञ्चालनमा सम्पन्न भएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार