मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

तराईका बजारमा विषादीयुक्त तरकारी छ्यापछ्याप्ती

Ujyalosandeshonline 12431+ समाचार ( )
२३ वैशाख २०८२, मङ्गलबार

इटहरी । मङ्गलबार धरान उपमहानगरपालिकामा २४ क्विन्टल भन्दा बढी तौलको काउली(फूलकोवी) नष्ट गरियो । काउली जाँच गरिएको विषादीका मात्रा ९७.४ प्रतिशत रहेको थियो । धरान–१३ स्थित कृषि बजारमा रहेको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाईले परीक्षण गर्दा विषादीको मात्रा अत्यधिक देखिएकाले तत्काल नष्ट गरिएको धरान उपमहानगरपालिकाका उपमेयर आइन्द्र विक्रम बेघाले बताए । 

नजिकै रहेको इटहरी उपमहानगरपालिको गर्ने बजार अनुगमनका क्रममा पनि अखाद्य सामग्री प्रशस्तै भेटिने गरेको उपमहानगरपालिका स्रोत बताउँछ । स्रोतका अनुसार त्यस्ता सामग्रीलाई तत्काल नष्ट गर्ने गरिएको छ । यी लगायत तराइका बजारहरूमा विषादी मिसिएका तरकारीहरूको प्रयोग नागरिकले प्रत्येक दिनजसो गरिरहेका हुन्छन् । धरानमा परीक्षण गरिने प्रयोगशालाको पछिल्लो विवरणअनुसार नै अन्य तरकारीहरूमा धेरै मात्रामा विषादी भेटिएको छ ।  

त्यहाँ गरिएको परीक्षणमा सादा सिमीमा ७.४४ प्रतिशत, गाँजरमा १०.११ प्रतिशत, खीरामा ३०.७३ प्रतिशत, गोलभेंडाः २५.२१ प्रतिशत, काउली(बन्दाकोबी) २९.६९ प्रतिशत, घिरौँलामा ३०.७८ प्रतिशतसम्म विषादी भेटाएको छ । यो तथ्यांकअनुसार पनि मानिसको भान्सामा कति विषादी पुग्छ भन्ने यकिन अवस्था छैन । जनस्वास्थ्यका जानकारहरू नागरिकको स्वास्थ्यमा गम्भीर खेलबाड गर्ने जो केहीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताउँछन् । 

धरानको प्रयोगशालाले ३५ प्रतिशत भन्दा कम विषादी भएको तरकारीलाई उपभोग योग्य, ३५–४५ प्रतिशत सम्मकोलाई केही दिन राखेर खान मिल्ने, तर ४५ प्रतिशतभन्दा बढी भएमा पूर्ण रूपमा नष्ट गर्नुपर्ने मापदण्ड अनुसार परीक्षण गर्दै आएको प्रयोगशालाका नायब प्राविधिक सहायक रुपेश रिजालले जनाएका छन् । उनका अनुसार नेपालभरका थोक कृषि बजारमा कार्बामेट र अर्गानोफस्फेट समूहको विषादी मात्र परीक्षण हुँदै आएको छ । स्थानीहरुले भारतबाट आउने तराकारीहरुको समेत परीक्षण गरेर कडाइ गर्नुपर्ने बताएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार