मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

विपद् जोखिम न्यूनिकरण गर्न बजेट अभाव, २० अर्ब आवश्यक पर्ने

Ujyalosandeshonline 11005+ समाचार ( )
१९ अशोज २०८१, शनिबार

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले राष्ट्रिय स्तरमा पूर्व तयारी गर्नको लागि सरकारको बजेटले नपुग्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित उनले राष्ट्रिय स्तरमा पूर्वतयारी गर्नको लागि केही नभएपनि २० अर्ब रुपैयाँ आवश्यक हुने भन्दै बजेटको सीमाभित्र सम्भव नभएको बताए ।

उनले भने, ‘राष्ट्रिय स्तरमा पूर्वतयारी गर्नको लागि केही नभएपनि २० अर्ब रुपैयाँ चाहिन्छ । आगलागी भयो भने गतिलो दमकल छैन् । बाहिरबाट ल्याउनुपर्छ । यसबारे अर्थलाई भन्दा सिलिङ् छैन भन्ने कुरा आउँछ । गृह मन्त्रालय भित्रबाट वर्षको तीनचार करोडमात्र चालु पुँजी आउँछ । त्यो पैसाले सम्भव छैन् । एउटा राम्रो दमकल किन्ने हो भने पाँचदेखि ६ करोड लाग्छ । यसपाली पनि मनसुनमा पाँच सय मिटर बेलिब्रिज चाहिन्छ भनेका थियौं । त्यो महंगो हुन्छ, त्यसको पैसा घुमिरहेको छ । बजेटको सीमा भित्र सम्भव नै छैन् ।’ 

यस्तै, उनले प्राधिकरणलाई साधन, स्रोतयुक्त बनाउने हो भने मात्र बढ्दो खालको जोखिमलाई घटाउन सकिने बताए । उनले भने, ‘विपद् महाशाखा र प्राधिकरण पनि हुँदा अन्यौलको अवस्था भयो । यसलाई नीतिगत तरिकाले मिलाउनुपर्छ । प्राधिकरणलाई रिर्फम गरेर मिलाउने हो भने प्रक्रियागत ढिलाई जुन भइरहेको छ त्यसलाई कम गर्न सक्छौ । प्राधिकरणलाई साधन, स्रोतयुक्त बनाउने हो भने बढ्दो जोखिमलाई घटाउन सकिन्छ ।’ 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार