मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

विद्युत प्राधिकरणको नयाँमिल-मणिग्राममा काउन्टरबाट महसुल संकलन बन्द हुने

Ujyalosandeshonline 12431+ समाचार ( )
फाइल फोटो
१३ श्रावण २०८२, सोमबार

भैरहवा । भैरहवास्थित नेपाल विद्युत प्राधिकरणको रुपन्देहीस्थित नयाँमिल वितरण केन्द्र, मणिग्रामले आगामी भदौ २ गतेदेखि महसुल संकलन काउन्टर सेवा बन्द गर्ने भएको छ । डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्ने सरकारी नीति र ८१ प्रतिशत ग्राहकले अनलाइन माध्यमबाटै महसुल बुझाउन थालेपछि काउन्टर बन्द गर्न लागिएको केन्द्र प्रमुख रितेश गुप्ताले जानकारी दिएका छन् ।

यो निर्णयसँगै नयाँमिल वितरण केन्द्र डिजिटल भुक्तानी मात्र स्वीकार गर्ने प्राधिकरणको पहिलो कार्यालय बन्नेछ । विशेषगरी तिलोत्तमा नगरपालिकाका बासिन्दाले यस केन्द्रबाट सेवा लिँदै आएका छन् ।कार्यालयले अनलाइन भुक्तानीमा अभ्यस्त नभएका सेवाग्राहीका लागि डिजिटल वालेट कम्पनी तथा बैंकहरुसँगको सहकार्यमा 'हेल्प डेस्क' स्थापना गरी सहजीकरण गर्ने बताएको छ । गुप्ताका अनुसार, सेवाग्राहीहरुले बिहान ८ बजेदेखि राति १२ बजेसम्म कुनै पनि दिन अनलाइनमार्फत महसुल भुक्तानी गर्न सक्नेछन् । यो कदमले सेवाग्राहीको समय र अतिरिक्त खर्च बचत हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार