भ्रष्टाचारमा संलग्न रहेका दलहरु मिलेर माओवादीलाई बाहिर लखेट्ने प्रपञ्च रचेः अध्यक्ष दाहाल

Ujyalosandeshonline 11469+ समाचार ( )
२३ श्रावण २०८१, बुधवार

काठमाडौं ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो सरकारमा इतिहासमै नभएका फाइलहरु खुल्दा माओवादीलाई बाहिर लखेट्ने काम भएको बताएका छन् । आज (बुधबार) नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र हुम्लाको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले  भ्रष्टाचारमा संलग्न रहेका दलहरु मिलेर माओवादीलाई बाहिर लखेट्ने प्रपञ्च रचिएको बताएका हुन् ।

उनले भने , ‘यो  सरकारले भ्रष्टाचारकाविरुद्ध नेपालको इतिहासमै नभएका फाइलहरु खोलेर कारवाही अगाडि बढायो , त्यसकारण भ्रष्टाचारीहरु माओवादीसँग डराएँ र ति भ्रष्टहरु मिलेर माओवादीलाई सरकार बाहिर लैजाने प्रपञ्च रचे । मध्यरातमा लुकेर, छिपेर ,ढाँटेर सरकार गठन गरे ।’

साथै उनले नेपाली  जनताको लागि प्रतिनिधिसभाको बैठकमा बोलेको सबै कुरा सत्य भएको बताएका छन् । उनले सरकारबाट छोड्दै गर्दा देशमा एउटा भाष्य  बनेका समेत  बताए । 

उनले भने, ‘अहिले हामी  पार्टीको  नेतृत्वको  सरकारबाट विश्वासको मत  लिने क्रममा मैले  प्रतिनिधि सभा मा जे  सम्बोधन गरेको  थिएँ त्यो  प्रतिनिधि सभालाई  मात्र होइन हाम्रो  पार्टीका तमाम नेता कार्यक्रता र नेपाली  जनतालाई यो  देशका सबै  उत्पीडित वर्गलाइ, जाती,क्षेत्र, लिंग र  समूदायलाई  एउटा  नयाँ क्रान्तीको लागि गरिएको अपिल हो । ’


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार