मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

पोखरालाई पर्यटकीय राजधानी घोषणा : व्यवसायीमा चिन्ता

Ujyalosandeshonline 12431+ समाचार ( )
४ चैत्र २०८०, आइतबार

पोखरा । पोखरालाई आइतबार पर्यटकीय राजधानीका रुपमा घोषणा गरियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पोखरामा एक रात बास नै बसेर राजधानी घोषणा गरे । पन्चेबाजा बजाएर नाचगान गर्दै पोखरालाई राजधानीका रुपमा घोषणा गरियो ।

तर राजधानी घोषणा गर्ने तयारी हुँदाहुँदै व्यवसायीहरु एक थान कागजमा आफ्ना आठ बुँदे माग राखेर प्रधानमन्त्रीलाई भेट्न पुगे । पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठसहितको टोलीले प्रधानमन्त्रीलाई भेटेर आठ बुँदे माग पेस गर्यो ।

आठ बुँदामा मुख्यगरी पोखरा मुग्लिङ्ग सडक खण्डको निर्माण कार्य तोकिएकै समयमा सम्पन्न गर्नुपर्नेमा जोडतोडले माग गरे । पर्यटन बोर्डको पुनःसंरचनासहित हाल रिक्त कार्यकारी बोर्ड सदस्यमा संस्थागत साथै पोखराको प्रतिनिधित्व सुनिश्चित गर्नेगरी प्रकृया अगाडि बढाउनुपर्ने, पोखरा अन्तर्राष्ट्रिय एयरपोर्टबाट अन्तर्राष्ट्रिय उडानका लागि नेपाल एयरलाइन्सबाटै सुरु गरी अन्य एअरलाइन्सलाई पनि सुविधासहितको प्याकेज दिई प्रोत्साहन गर्नुपर्ने माग राखे ।

यस्तै, पोखरा–मुग्लिङ्ग सडक खण्डको निर्माण कार्य समयमै सकी पोखरा–सुनौली राजमार्गको स्तरोन्ती गरिनुपर्ने, नेपाल नागरीक उड्डयन प्रधिकरणलाई पोखरा, धरान र अन्य सम्भाव्य स्थानमा समेत स्थायी सोलो प्याराग्लाइडिङ उडान खुलाउने अनुमतिका निर्देशन दिन भनेका छन् ।

व्यवसायीहरुले विशेष रुपमा यातायातको विषयलाई प्राथमिकताका साथ उठाएका छन् । विशेषगरी पोखरासम्म पुग्ने सडक र हवाइ मार्गका विषयमा व्यवसायी बढी चिन्तित छन् । 

किनकी पोखरा–मुग्लिङ खण्डको स्तरोन्नति सुरु भएको दुई वर्ष बढी वितिसकेको भएपनि काम सुस्त गतीमा छ । राजमार्गको दुरावस्थाले पोखराको पर्यटन क्षेत्र खस्किएको व्यवसायीहरुको दुखेसो छ । 

०७८ जेठ २ गते पृथ्वी राजमार्गअन्तर्गत पोखरा–मुग्लिङ खण्डलाई ६ लेनमा स्तरोन्नति गर्ने सम्झौता भएपनि सोहीअनुरुप ८८ किलोमिटर लम्बाइको सडकलाई दुई खण्डमा बाँडेर काम सुरु भएपनि गति सुस्त भएको व्यवसायीको भनाइ छ ।

त्यस्तै तामझामका साथ १७ पुस ०७९ मा प्रधानमन्त्री दाहालले उदघाटन गरेको अन्तर्राष्ट्रिय विमानस्थल नियमित अन्तर्राष्ट्रिय उडान नभएकोमा व्यवसायीको चिन्ता छ ।

त्यस्तै पोखरा महानगरभित्र अन्य प्राविधिक र भौतिक पूर्वाधारको अभाव रहेकोप्रति व्यवयासी बढी चिन्तित छन् । महानगरका नागरिकका लागि आवश्यक पर्ने सामान्य पूर्वाधारको विकास गर्न नसक्ने मेयर धनराज आचार्यले पोखरालाई पर्यटकको राजधानी घोषणा गर्ने हतार गरेको कतिपय व्यवसायीको आरोप छ ।  

पोखराका मुख्य चोकमा राखिएको हाइमाक्स लाइट र ट्राफिक लाइट विग्रिएको, ग्रामिण भेगमा गुणस्तरहिन निर्माण सामाग्री प्रयोग गरेर बनाईएका बाटोहरु गुणस्तरहीन भइ भत्किएको, महेन्द्रपुलमा निर्माण भएको शौचालय खुलाउन नसकिएकोलगायतका समस्याहरु ज्यूँका त्यूँ रहेको व्यवसायीहरुको भनाइ छ ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार