मुख्य समाचार
भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद | चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही | मन्त्री पोखरेलद्वारा देउखुरी क्रिकेट रङ्गशालाको निरीक्षण | रोहिणीमा मन्त्री गीता चौधरीको उपस्थितिमा जनतासँग गुनासो सुनुवाइ | हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल |

गाउँबस्तीको विकासमा प्रदेश सरकार सक्रिय छ : मुख्यमन्त्री बानियाँ

रासस 697+ समाचार ( )
२७ मंगशिर २०८२, शनिबार

त्रिशूली (नुवाकोट) । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले देश निर्माणको अभियान अन्तर्गत गाउँबस्तीको विकास निर्माणमा सरकार सक्रिय रहेको बताउनुभएको छ । नुवाकोटको बेलकोटगढी–१३ स्थित ढाडेफेदीमा आज पक्की पुलको शिलान्यास गर्दै उहाँले ठूला योजना कार्यान्वयन सहित जनचाहनाअनुसार प्रदेश सरकारले काम गरिरहेको बताउनुभएको हो ।  

मुख्यमन्त्री बानियाँले प्रदेश सरकारले स्थानीय सरकारसँग सहकार्य गर्दै जनताको चाहनाअनुरुप पूर्वाधार निर्माण, शिक्षा र स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सेवा र रोजगार सिर्जनाका काममा केन्द्रीत रहेको बताउनुभयो । उहाँले भन्नभयो,“केन्द्र सरकारले नीति निर्माणका काम गर्नुपर्छ  ।

प्रदेश तथा स्थानीय सरकारले जनताको नजिक रहेर जनचाहनाअनरुप विकासमा केन्द्रीत हुनुपर्ने आवश्यकता छ । मेरो नेतृत्वको सरकारले गाउँमुखी, न्याय, आय र विकासमुखी काम गर्ने दृढ सङ्कल्प लिएको छ । गरिबका सन्तानलाई निःशुल्क अध्ययनको प्रबन्ध मिलाउने, पछि परेका समुदायलाई प्राविधिक निःशुल्क शिक्षा दिएर स्वदेशमा नै रोजगार दिने लक्ष्य पूरा गर्न प्रतिबद्ध छौँ ।”

मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रसहितको बदलिँदो राजनीतिक परिवेशपश्चात् गाउँको विकास र चेतनास्तर वृद्धि भए पनि रोजगारीका पर्याप्त अवसर सिर्जना गर्न नसकेको भन्दै अब त्यसमा ध्यान केन्द्रीत गर्नुपर्ने मुख्यमन्त्री बानियाँको जोड थियो । यहाँको बेलकोटगढी नगरपालिका–१३ र ककनी गाउँपालिका–७ जोड्न ढाडेखोलामा पक्की पुल निर्माण सुरु गरिएको हो । प्रदेश सरकारको रु चार करोड ९४ लाख बजेटमा निर्माण हुने पुलको समयावधि अठार महिना तोकिएको छ ।

मुख्यमन्त्री बानियाँले आजै बेलकोटगढी–१३ र लिखु–३ जोड्न सुपारीखोलामा निर्माण भएको पक्की पुलको उद्घाटन गर्नुभयो । प्रदेश सरकारमार्फत रु आठ करोड ७८ लाखमा निर्माण गरिएको हो । त्यस अवसमार तोकिएको अवधिभन्दा अगावै पुल सम्पन्न गरेको भन्दै निर्माण व्यवसायी जयविष्णु निर्माण सेवा प्रालीलाई  कदरपत्रसहित सम्मान गरिएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार