मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |
मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |


भैरहवा भन्सारमा राजस्व असुलीमा उल्लेख्य वृद्धि, लक्ष्य भने अधुरै

Ujyalosandeshonline 11005+ समाचार ( )
६ श्रावण २०८२, सोमबार

भैरहवा । देशको दोस्रो ठूलो राजस्व संकलन केन्द्र, भैरहवा भन्सार नाकाले आर्थिक वर्ष २०८१-८२ मा राजस्व असुलीमा उल्लेखनीय वृद्धि हासिल गरेको छ, यद्यपि निर्धारित लक्ष्य भने पूरा गर्न सकेन । भन्सार कार्यालयको तथ्यांक अनुसार, गत आर्थिक वर्षमा कुल ९५ अर्ब १९ करोड ३८ लाख ९९ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

भन्सार विभागले भैरहवा भन्सार कार्यालयलाई १ खर्ब ९ अर्ब ३३ करोड २२ लाख ५२ हजार रुपैयाँको वार्षिक राजस्व लक्ष्य तोकेको थियो । संकलित राजस्व लक्ष्यको ८७.०७ प्रतिशत मात्र हो । यद्यपि, प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार, अघिल्लो आर्थिक वर्ष २०८०-८१ को तुलनामा राजस्व असुलीमा १७.७५ प्रतिशतले सुधार देखिएको छ । अघिल्लो आर्थिक वर्षमा ८० अर्ब ८४ करोड रुपैयाँ राजस्व संकलन भएको थियो जबकी लक्ष्य १ खर्ब २७ अर्ब ८४ करोडको थियो ।

आयात र राजस्वका प्रमुख स्रोतहरू

भन्सारका सूचना अधिकारी नरेन्द्रप्रसाद चौधरीका अनुसार, गत वर्ष सबैभन्दा बढी राजस्व मोटरसाइकल को आयातबाट उठेको छ । एक वर्षको अवधिमा १ लाख ४४ हजार १ सय ९४ थान मोटरसाइकल आयात हुँदा १६ अर्ब ९१ करोड ८५ लाख ४४ हजार मूल्य बराबरको थियो, जसबाट १७ अर्ब २१ करोड २१ लाख २७ हजार रुपैयाँ राजस्व संकलन भयो ।

त्यस्तै, जीप, कार र भ्यानको आयातबाट पनि उल्लेख्य राजस्व जम्मा भएको छ । ३ हजार ७ सय ६१ थान यस्ता सवारी साधन ४ अर्ब १५ करोड १५ लाख ३८ हजार मूल्यमा आयात हुँदा १० अर्ब ३५ करोड ४७ लाख ९६ हजार रुपैयाँ राजस्व उठेको छ । विद्युतीय जीप, कार र भ्यानको आयातबाट पनि ३ अर्ब २३ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।

पेट्रोलियम पदार्थ पनि राजस्वको महत्वपूर्ण स्रोत रह्यो । ७० हजार किलोलिटर पेट्रोल ६ अर्ब ८९ करोड ११ लाख ९ हजार मूल्यमा आयात हुँदा ३ अर्ब ९७ करोड १५ लाख ६८ हजार रुपैयाँ राजस्व जम्मा भयो ।

डबल पिकअप गाडी, शुद्ध फलाम, मोबाइल-टेलिफोन, एमएस बिलेट, चकलेट र एलपी ग्यास जस्ता वस्तुहरू पनि अर्बौं रुपैयाँ राजस्व संकलन गर्ने प्रमुख १० वस्तुहरूको सूचीमा छन् । यी शीर्ष १० वस्तुहरूले मात्र कुल राजस्व असुलीमा ४४ अर्ब ८८ करोड ५३ लाख २७ हजार रुपैयाँ योगदान गरेका छन्, जुन कुल राजस्वको ४७.१५ प्रतिशत हो ।

मासिक राजस्व संकलनको अवस्था

गत आर्थिक वर्षको अधिकांश महिनामा भन्सार कार्यालयले आफ्नो मासिक लक्ष्य भेट्टाउन सकेन । असोज महिनामा मात्र लक्ष्यभन्दा केही बढी राजस्व संकलन भएको देखिन्छ ।

  •     साउन: ७ अर्ब ३२ करोड (लक्ष्य: ८ अर्ब ७७ करोड)
  •     भदौ: ८ अर्ब ९२ करोड (लक्ष्य: ९ अर्ब ९१ करोड)
  •     असोज: ८ अर्ब ८१ करोड (लक्ष्य: ८ अर्ब ७८ करोड)
  •     कार्तिक: ७ अर्ब १२ करोड (लक्ष्य: ८ अर्ब ५۷ करोड)
  •     मंसिर: ६ अर्ब ९६ करोड (लक्ष्य: ८ अर्ब ४७ करोड)
  •     पुस: ६ अर्ब ८६ करोड (लक्ष्य: ८ अर्ब ५१ करोड)
  •     माघ: ७ अर्ब १४ करोड (लक्ष्य: ८ अर्ब ३२ करोड)
  •     फागुन: ७ अर्ब २३ करोड (लक्ष्य: ९ अर्ब १३ करोड)
  •     चैत: ८ अर्ब २३ करोड (लक्ष्य: ९ अर्ब ५७ करोड)
  •     बैशाख: ८ अर्ब ९६ करोड (लक्ष्य: ९ अर्ब ३७ करोड)
  •     जेठ: ९ अर्ब ९० करोड (लक्ष्य: १० अर्ब ३८ करोड)
  •     असार: ८ अर्ब ४९ करोड (लक्ष्य: ९ अर्ब ४९ करोड)

राजस्व प्रभावित हुनुका कारण

सूचना अधिकारी चौधरीले बुटवल-नारायणगढ सडक खण्डको निर्माण कार्यले राजस्व संकलनमा प्रत्यक्ष असर पारेको बताए । "पटक-पटक सडक बन्द हुँदा आयातकर्ताले सामान आयात नै गरेनन्," उनले भने, "बीचमा यो खण्डको पूर्वनवलपरासीमा पुल भाँचिदा आयात दुई महिनासम्म प्रभावित भयो ।"

यसका साथै, पेट्रोलियम पदार्थ पाइपलाइनबाट आउन थाल्नु, नेपालमै टायल उत्पादन सुरु हुनु, र गहुँ, आल्मुनियम, चुइगम तथा मार्बल जस्ता वस्तुहरूको आयात घट्नुले पनि राजस्व संकलनमा प्रभाव पारेको चौधरीले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार