मुख्य समाचार
छोरीबुहारीलाई उच्च शिक्षामा सघाउँदै भीमदत्त नगरपालिका | राजस्व चुहावट नियन्त्रणका लागि व्यवसायी आफैँ सच्चिनुपर्छ: डिआइजी दीपक कुमार बस्नेत | पर्यटकको पर्खाइमा थोरङ फेदी | कास्की प्रहरीका वरिष्ठ हवल्दार ५० हजार घुससहित पक्राउ | खुला नाकाबाट सोझै वीरगन्ज भित्रिन्छ भारतीय तरकारी | नियम उल्लङ्घन गर्ने चालकलाई सचेत गराउँदै ट्राफिक प्रहरी | स्वास्थ्य सेवा कि मृत्युको व्यापार ? भैरहवाका १७ 'अवैध' मेडिकलमा प्रशासनको ताला ! | ‘युट्युव’ हेरेर सीप, ‘फेसबुक–टिकटक’ बाट बजारीकरण | सुक्खा पहिरोका कारण कर्णाली करिडोरअन्तर्गत खच्चा सडक अवरुद्ध | बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित |

शौचालयको फोहोर ऐतिहासिक रोहिणी नदीमा

Ujyalosandeshonline 11084+ समाचार ( )
५ माघ २०८०, शुक्रबार

भैरहवा । रुपन्देही जिल्लामा रहेको रोहिणी नदीको आफ्नै ऐतिहासिक महत्व छ । बौद्धकालीन सभ्यतासंग जोडिएको रोहिणी नदी बौद्धमार्गीका लागि मात्र नभई अन्य धर्मावलम्बीहरुको लागि उत्तिकै महत्व राख्दछ । यहि रोहिणी नदी स्थानिय तहहरुको लापारवाहीको कारण अहिले फोहोर फाल्ने स्थलको रुपमा परिचित हुदै गएको छ । 

भैरहवा–परासी सडक खण्डको रोहिणी पुल नजिकै भैरहवाका बिभिन्न सेफ्टि टैंकबाट निस्किएका फोहोर फाल्दा पनि स्थानिय निकाय संगै प्रशासन पनि मौन रहेको छ । भैरहवा, धकधई तथा यस आसपास सेनेटरी सम्बन्धि काम गर्नेहरुले शौचालय सफा गरि त्यसबाट निस्किएको प्रशाधन सोझै रोहिणी नदीमा फाल्ने गरेका छन् । 

शुक्रबार राजेश सेनेटरीको लु३ त ५१५७ नम्बरको ट्रयक्टरले शौचालयबाट निस्केको प्रशाधन सोझै रोहिणी खोलामा फालेको भेटियो । त्यो भन्दा पहिला रुपन्देही सफा सेनेटरीको ट्रयाक्टरले पनि सोझै नदीमै फोहोर फालेको उज्यालो सन्देशले फेला पारेको थियो । 

राजेश सेनेटरीका सञ्चालक राजेश हरिजनले भैरहवा तथा यस आसपासको फोहोर संकलन गरि रोहिणी नदीमा मिल्काउने गरेको स्विकार गरे । उनले घरहरुको शौचालयबाट निस्केको फोहोरलाई मलको रुपमा खेतमा फाल्ने गरेको र कसैको खेत नभेटे मात्र रोहिणी नदीमा फालेको बताए । 

रुपन्देही जिल्ला यस अघि नै खुल्ला दिशामुक्त जिल्लाको रुपमा घोषणा भईसकेको छ । खुल्ला रुपमा शौच समेत गर्न नमिल्ने खेतहरुमा शौचालयको फोहोर पनि फाल्न मिल्दैन । यसरी फालिएको शौचले बिभिन्न रोगहरु निम्त्याउने जानकारहरुको भनाई छ । 

रोहिणी नदि शाक्य कोलिय बंशको राज्य छुट्टयाउने सीमाको रुपमा रहेको छ । यसको उल्लेख बौद्ध गं्रथ त्रिपिटकमा समेत उल्लेख छ । अहिले शौच फालिएकै स्थानमा हिन्दु धर्मावलम्बीहरुले मरणोपरान्त हुने अन्तिम संस्कार गर्दै आएका छन् । यसरी फालिएको फोहोर शौचले उनिहरुलाई पनि प्रभावित बनाउने गरेको छ । रोहिणी नदीमा नुहाउनेहरुलाई बिभिन्न छाला सम्बन्धि समस्या देखिने गरेको स्थानियहरुको भनाई छ । 

रोहिणी खोलाकै छेउमा ईलाका प्रहरी धकधईको टोलीको दिनभरि ड्युटि हुन्छ । रोहिणी गाउँपालिकाले त्यहि सिसिटिभी समेत जडान गरेको छ । तर यसरी फोहोर फाल्नेलाई न प्रहरीले रोक्छ न गाउँपालिकाले नै । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार