मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

चोरीको आरोपमा रेनु बनिया पक्राउ

Ujyalosandeshonline 12431+ समाचार ( )
२२ असार २०८२, आइतबार

भैरहवा । रुपन्देही प्रहरीले चोरीको आरोपमा सिद्धार्थनगर नगरपालिका वडा नम्बर २ मेउडिहवाकी रेनु बनियालाई पक्राउ गरेको छ। बनियाले सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ रानीगाउँस्थित गुल्मी हुँगेली होटलमा कोठा भाडामा लिई बस्दै गर्दा कोही नभएको मौका छोपी कोठामा रहेको दराज फोरेर सामान चोरी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा उजुरी परेको थियो।

उजुरीपश्चात् खटिएको प्रहरी टोलीले गहन खोजतलास गर्दा बनियालाई २०८२ असार १९ गते साँझ सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ बसपार्कस्थित लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो।

प्रारम्भिक सोधपुछका क्रममा बनियाले चोरी गरेका सामानहरू नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) सुनवल नगरपालिका वडा नम्बर ११ बलुवास्थित मन कुमारी थापाको घरमा लुकाईछिपाई राखेको बताएकी थिइन्। उनको बयानका आधारमा प्रहरीले उक्त स्थानमा खानतलासी गर्दा चोरी भएका सामानहरू बरामद गरेको छ।

हाल प्रहरीले बरामद गरिएका सामानसहित रेनु बनियामाथि थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी प्रदिप क्षेत्रीले जानकारी दिए।

प्रतिक्रिया

एक प्रकारको फुल २४ असार २०८२, मङ्गलबार

कडा भन्दा कडा कार्वाही नकि फेरि जो कसैले पनि यस्तो हर्कत गर्ने हिम्मत नआयोस्

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार