मुख्य समाचार
रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक |

करोड खर्च गरेर अध्ययनका विदेश पठाउन रोकौं : मन्त्री राणा

Ujyalosandeshonline 11009+ समाचार ( )
२६ पौष २०८०, बिहीबार

दाङ । लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्थामन्त्री रोज राणा(सरोज थापा)ले आफ्ना सन्तानलाई स्वदेशमा लगानी गरेर उद्योग व्यवसायमा लाग्न अभिभावकहरूले सिकाउनुपर्ने बताएका छन् ।

एक करोडसम्म खर्च गरेर अध्ययनको वहानामा सन्तानलाई विदेश पठाउने गरेको बताउँदै राणाले विदेश पठाउन लाग्ने रकम खर्च गरेर स्वदेशमा लगानी गरि उद्योग, व्यवसाय चलाउनुपर्ने बताएका हुन् ।

बिहीबार देउखुरीको लालमटियामा राप्ती उद्योग वाणिज्य संघले आयोजना गरेको ‘छैठौं राप्ती लुम्बिनी प्रादेशिक व्यापारिक पर्यटन तथा कृषि महोत्सव २०८०’को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले भने,‘युवाहरू खाडीमा जाने, त्यहाँबाट आएको रेमिट्यान्सले नेपाललाई धेरै टेवा पुग्ने र हामीले यहाँ नै केही गर्न सकेको भए ती युवाहरू आफ्नो घरमा बस्न पाउँथे ।’

त्यस्तै मन्त्री राणाले उद्योगहरूले रोजगारी सिर्जना गरि जनतालाई योगदान पु¥याएको आधारमा सहयोग गर्ने पनि बताए । उनले भने, ‘लुम्बिनीका १२ वटा जिल्लालाई सफल बनाउन मन्त्री बनेर आएको छु । सहजीकरण गरेर सहयोग गर्छु ।’ तपाईहरूले कति मान्छेलाई रोजगार दिनुहुन्छ ? त्यसको आधारमा तपाईहरूलाई सहयोग हुन्छ । मैंले अनुगमन समिति पनि गठन गर्न लागेको छु ।’

यातायात कार्यालयहरूमा देखिएको बेथितिलाई सुधार गर्न आफूले सुरुवात गरेको मन्त्री राणाले बताए । उनले भने,‘ नौं वटा कार्यालयका प्रमुखहरूलाई बोलाएर केही निर्देशन दिएको छु । यातायातमा धेरै बेथिति छ । एक÷दुई ठाउँमा मैंले के देखे भने लाईसेन्स लिन गएको छ तर, उसैको मोटरसाइकल चाहिन्छ, उसकै गाडी चाहिन्छ भन्नेछ ।’

‘लाइसेन्स नभएको मान्छेको कसरी गाडी र मोटरसाइकल हुन्छ ? यो कुरा मंैले सोधे उहाँहरू अक्कन बक्क भएपछि नियम खारेज गर्नुस् र जसलाई जो साधन उपलब्ध हुन्छ त्यही साधनले नै ट्रायल दिन पाउनुपर्छ’, उनले भने ।

राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष सुरज खड्काले महोत्सवमा सहभागी अथितिहरूप्रति आभार प्रकट गरे । कार्यक्रममा प्रदेश सभा सदस्य ईन्द्रजीत चौधरी, कांग्रेस नेता नुमानन्द सुवेदी, दोणर् भुसाल, राप्ती गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष उमेश अधिकारी, नेपाल तरुण दलका केन्द्रीय सदस्य सुनिल बस्नेत, कांग्रेस नेता हस्त गुरुङलगायतको उपस्थिति रहेको थियो ।

महोत्सव दुई हप्ता चल्नेछ । महोत्सवमा स्थानीय समुदायले आफ्नो पराम्परागत साँस्कृति झल्किने प्रस्तुतिहरू देखाएका थिए । थारु समुदायको लोप हुन लागेको डोली, झुम्रा नाच र बड्का नाचहरू पनि प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै