मुख्य समाचार
‘राष्ट्रको ढुकुटी लुट्नेहरू डराए, अब कारबाही रोकिँदैन’ : गृहमन्त्री सुदन गुरुङ | थासाङमा दोस्रो राष्ट्रिय याकचौँरी दिवस सम्पन्न | बालअधिकार उल्लङ्घनका घटना अन्त्यका लागि प्रभावकारी खबरदारीमा जोड | कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा | जितगढी किल्लालाई राष्ट्रिय सम्पदामा सूचीकृत गर्न पहल गरिरहेका छौँ : मुख्यमन्त्री आचार्य | सरकारी ‘वेबसाइट’मा अपाङ्ग पहुँचमैत्री सुविधा | माहुरीसहित घार वितरण | पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन अध्यक्ष घिसिङको माग | रास्वपा केन्द्रीय समितिको बैठक बस्दै | गुल्मीमा चरा प्रजातिको सङ्ख्या ३५५ पुग्यो |

भन्सारमा देखिएका समस्याहरु समाधान गर्न आग्रह

Ujyalosandeshonline 11024+ समाचार ( )
२८ पौष २०८१, आइतबार

काठमाडौं । पूर्वअर्थमन्त्री डा.प्रकाश शरण महतले भन्सारमा देखिएका समस्याहरु समाधान गर्नुपर्ने बताएका छन् । आइतबार अर्थ समितिको बैठकमा बोल्दै उनले कृषिजन्य वस्तुमा देखिएको भन्सार सम्बन्धि समस्या अर्थ मन्त्रालय र भन्सार विभागले समन्वय गरेर समस्याको समाधान गर्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘भन्सारमा देखिएका समस्याहरु समाधान गर्नुपर्ने देखिन्छ । कृषिजन्य वस्तु, भारतबाट आयातको कुरा गर्न, अन्तर्राष्ट्रिय सन्धि सम्झौंतामा हस्ताक्षर गर्न हौसिन्छौं । हौसिने जुन प्रकृति छ त्यसमा धेरै नै विचार पुर्याउनुपर्नेछ । भन्साररहित भनेर त हस्ताक्षर तर गर्यौं तर त्यो पालना गरेको पाइँदैन् । नेपालले मात्र अरु देशको आयातमा मात्रै छुट दिनुपर्ने अवस्था आयो ।’

यसैगरी उनले  भन्सार सम्बन्धी प्रक्रियागत हिसावले अगाडि जानुपर्ने बताए । उनले  भन्सारमा सबै  सदस्य राष्ट्रहरुले सहमत नभइसकेपछि नेपालले मात्र भन्साररहित भनेर छाप गर्न उचित नहुने बताए ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता स्वर्णिम वाग्लेले भन्सारको व्यवस्थापनमा सरकार बढी जिम्मेवार हुनुपर्ने बताए । सरकारले कस्टम रेटमा ख्याल नगर्दा विचौलियाको प्रभाव हुने गरेको औंल्याए ।

सांसद ज्ञानेन्द्र शाहीले क्वारेन्टाइनको नियमन सरकारले गर्नुपर्ने भएकाले यसलाई विधेयकमै लेख्न आग्रह गरे । भारतीय भन्सार नेपाली उत्पादनलाई दुःख दिने गरेको बताए । अर्थ समितिका सभापति सन्तोष चालिसेले विधेयकमाथि छलफल गर्न विभिन्न क्षेत्रका सरोकारवालाहरुसँग छलफल गर्ने बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार