मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

रुपन्देहीमा प्रहरी प्रमुख क्षेत्रीको नेतृत्वमा तस्करी नियन्त्रण अभियान, राज्यलाई करोडौंको लाभ

Ujyalosandeshonline 11005+ समाचार ( )
२० कार्तिक २०८२, बिहीबार

भैरहवा। रुपन्देही प्रहरीले जिल्लामा अवैध भन्सार छली र चोरी पैठारी नियन्त्रणका लागि चलाएको विशेष अभियान अन्तर्गत पछिल्ला केही दिनमै करोडौं मूल्य बराबरको अवैध सामान बरामद गर्न सफल भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतका विभिन्न टोलीले कार्तिक १२ गतेदेखि १७ गतेसम्म जिल्लाका विभिन्न स्थानमा गरेको चेकजाँचका क्रममा ठूलो मात्रामा अवैध सामान नियन्त्रणमा लिएको हो । प्रहरीको यो सक्रियताले करोडौंको राजस्व संकलनमा सहयोग पुगेको छ भने स्थानीय बासिन्दाहरूमा समेत खुसियाली छाएको छ ।

दुई चरणमा ठूलो सफलता

पहिलो चरणमा कार्तिक १२ देखि १५ गतेसम्म गरिएको चेकजाँचमा करिब ३९ लाख ७० हजार १ सय ३० रुपैयाँ बराबरको अवैध सामान बरामद भएको थियो । यसमा बलेरो पिकअप, ई-रिक्सा, मोटरसाइकल, ट्रफी, चुरोट, सूट रुमाल, ललिपप मिठाई, दैनिक उपभोग्य किराना सामग्री, लेडिज टप्स, लेडिज सुट, कस्मेटिक सामान, आयुर्वेदिक औषधी, पाइन्टको कपडा, रोल सर्टको कपडा, साडी, लेहङा, कुर्था, टाई लगायतका सामग्रीहरू रहेका थिए। यी सामानहरू कार्तिक १५ गते आइतबार आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) सुरज कार्कीले जानकारी दिनुभयो।

दोस्रो चरणमा कार्तिक १६ र १७ गते गरिएको थप चेकजाँचका क्रममा पनि करिब १५ लाख ७ हजार ३ सय ४० रुपैयाँ बराबरको अवैध सामान बरामद भएको छ। यसमा घाँसको बिउ, दैनिक उपभोग्य सामानहरू, गाडीको ब्याट्री, लेडिज सुट, साडी, बाथरुममा प्रयोग हुने स्टीलको सामान, रेडबुल, फेयर लब्ली, कुभिण्डो मिठाई, टोपी र टि-सर्ट लगायतका सामग्रीहरू समावेश छन्। साथै, अवैध सामान ढुवानीमा प्रयोग गरिएका सवारीसाधनहरू पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। डीएसपी कार्कीका अनुसार यी सामानहरू मंगलबार भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देही पठाइएको छ।

करोडौंको राजस्व संकलन, स्थानीयमा सन्तोष

रुपन्देहीका प्रहरी प्रमुख प्रदीप बहादुर क्षेत्रीको नेतृत्वमा जिल्लामा सीमा क्षेत्रमा तस्करी विरुद्ध अभियान नै सञ्चालन गरिएको छ। यस अभियानले करोडौंको राजस्व संकलन गर्न सफल भएको छ, जसले राज्यको अर्थतन्त्रमा समेत सकारात्मक योगदान पुर्‍याएको छ । प्रहरीको यो सक्रियताले स्थानीय बासिन्दाहरूमा खुसियाली छाएको छ । अवैध गतिविधिको नियन्त्रणले समाजमा सकारात्मक प्रभाव परेको उनीहरूको भनाइ छ । प्रहरीको यस निरन्तर प्रयासले रुपन्देहीमा अवैध व्यापार नियन्त्रणमा उल्लेख्य सफलता हासिल भएको र यसले राज्यको राजस्व संकलनमा समेत ठूलो योगदान पुगेको देखिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार