मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

नेपालको सांस्कृतिक विविधता साझा सम्पत्ति हो : प्रधानमन्त्री दाहाल

Ujyalosandeshonline 12437+ समाचार ( )
१ माघ २०८०, सोमबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधानको रक्षा र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्नु अहिलेको राष्ट्रिय कार्यभार भएको बताएका छन् । 

माघे सङ्क्रान्ति (मकर सङ्क्रान्ति) तथा माघी पर्वका अवसरमा आज दाहालले शुभकामना सन्देश जारी गर्दै भौगोलिक रुपले सानो मुलुक नेपालमा रहेको जातीय, भाषिक, सांस्कृतिक विविधता नेपालको मात्र नभएर मानव जातिकै गौरव र साझा सम्पत्ति भएको बताएका छन् । 

‘भौगोलिक रुपले यति सानो मुलुकमा हामीले जुन जातीय, भाषिक, सांस्कृतिक विविधता प्राप्त गरेका छौै,यो नेपालको मात्र नभएर मानव जातिकै गौरव र साझा सम्पत्ति हो।’

नेपालमा बसोबास गर्ने विविध जाति एवं जनजातिहरुले आ–आफ्नै ऐतिहासिक मान्यता र संस्कृतिअनुसार फरक–फरक रुपमा मनाउने माघे सङ्क्रान्ति (मकर सङ्क्रान्ति) तथा माघी पर्वले नेपालको आदिम समाज, ऐतिहासिक विकास प्रक्रिया र श्रम संस्कृतिप्रतिको सम्मानलाई समेत उजागर गर्ने प्रधानमन्त्री दाहालको विस्वास छ । 

‘मूलतः प्रकृतिपूजक पर्वका रुपमा मनाइने यस पर्वमा तिल, तरुल, घिउ, सख्खरका विभिन्न परिकारहरु, विभिन्न सांस्कृतिक महोत्सव र झाँकीहरु, पूजाआजा, पारिवारिक भेटघाट, सामाजिक पुनर्मिलन,तीर हान्ने खेल लगायतका क्रियाकलापहरु हुने गर्दछन्, जसले नेपालको आदिम समाज, ऐतिहासिक विकास प्रक्रिया र श्रम संस्कृतिप्रतिको सम्मानलाई समेत उजागर गर्दछ’ दाहालले भनेका छन् ।

माघे सङ्क्रान्ति पर्व खस–आर्य, मगर, राई, थारु, लिम्बु, नेवार, गुरुङ, मैथिली, कुमाल लगायतका जाति जनजातिहरुको आ–आफ्नै संस्कृति र विशेषतामा आधारित विशेष पर्व भएको बताएका दाहालले माघे सङ्क्रान्ति र माघी पर्वले हाम्रो सांस्कृतिक पहिचान र विविधताका साथै विभिन्न जाति जनजातिमा रहेको जातीय पहिचान, परम्परागत संस्था र प्रथाजन्य कानुन, सांस्कृतिक बहुलताको सहअस्तित्व र राष्ट्रिय एकतालाई राम्रोसँग प्रमाणित गर्ने उल्लेख गरेका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार