मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

नेपालको शिक्षा प्रणाली ध्वस्त भइसक्यो : अध्यक्ष यादव

Ujyalosandeshonline 12431+ समाचार ( )
१७ असार २०८१, आइतबार

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले भर्खरै सार्वजनिक भएको एसईईको नतिजाले नेपालको शिक्षा प्रणाली ध्वस्त भइसक्यो भन्ने सावित गरेको टिप्पणी गरेका छन् । 

आइतबार नेकपा एसको महाधिवेशन उदघाटन सत्रलाई सम्बोधन गर्दै उनले अहिले लोकतन्त्र दलतन्त्र, नेतातन्त्र हुँदै स्वेच्छाचारीतन्त्रमा बदलिँदै गएको उल्लेख गरे । उनले स्वास्थ्य सेवामा माफियाहरुको विगविगी रहेको बताए । 

उनले भने,‘अहिले लोकतन्त्र विस्तारै कमजोर भइरहेको छ । लोकतन्त्रको खतरा कुनै बाहिबाट छैन् हामी भित्रैबाट छ । लोकतन्त्र दलको शासन एवम दलतन्त्र, नेतातन्त्र हुँदै स्वेच्छाचारीतन्त्रमा नेपालको लोकतन्त्र बदलिँदै गएको छ । एसईईको नतिजा आयो । त्यसबाट के थाहा हुन्छ भने नेपालको शिक्षा प्रणाली ध्वस्त भइसक्यो । एसईईको नतिजाले त्यो पुष्टि गरेको छ । यता, स्वास्थ्य सेवामा माफियाहरुको बिगबिगी छ ।’

उनले संसदलाई असंवैधानिक तरिकाले दुईदुई पटक भंग गरेर मुलुकलाई स्वेच्छाचारी शासनतर्फ धकेलिँदै गरेको अवस्थामा व्यवस्थाको रक्षा गर्नको लागि माधव नेपालले विद्रोह गरेर महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । 

उनले भने, ‘अहिले मुलुक जटिल अवस्थामा  छ । अहिले संघीय लोकतान्त्रिक गणतन्त्र ठूलो दुर्घटनाबाट जोगिएका छौं । त्यसमा कमरेड माधवजी र यहाँको  पार्टीको ठूलो योगदान छ । जुन बेलामा संसदलाई असंवैधानिक तरिकाले दुईदुई पटक भंग गरेर मुलुकलाई स्वेच्छाचारी शासनतर्फ धकेलिँदै गरेको थियो । त्यो बेलामा लोकतन्त्र रक्षा गर्नको लागि प्राप्त अधिकारलाई जोगाउनको लागि उपलब्धीहरुलाई संस्थागत गर्नका लागि आवश्यक थियो । त्यो आवश्यकता परेको बेलामा यहाँहरुले विद्रोह गर्नुभयो र आज संघीय गणतन्त्रको रक्षाको महत्वपूर्ण भूमिका निर्वाह गरिरहनुभएको छ ।’त्यस्तै यादवले हालै भएको राजदूत नियुक्तिमा पनि रकम लेनदेन भएको आरोप लगाए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार