मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

विदेशी पर्यटक र सवारीसाधनका लागि वीरगन्जमा एकल सुरक्षा जाँच प्रणाली लागू

Ujyalosandeshonline 11005+ समाचार ( )
३ मंगशिर २०८२, बुधवार

वीरगन्ज । सुरक्षाको नाममा पर्यटकसँग दोहोरो चेकजाँच गर्दै आएको प्रचलन हटाउन नेपाल प्रहरीले नयाँ व्यवस्था लागू गरेको छ । वीरगन्ज नाका हुँदै नेपाल प्रवेश गर्ने विदेशी सवारी साधनलाई अब सीमाक्षेत्रमा एक पटक मात्र सुरक्षा जाँच गरी देशभित्र पुनः जाँच गर्न नपर्ने व्यवस्था आजदेखि लागू भएको हो ।

नेपाल प्रहरीको मधेस प्रदेश कार्यालय जनकपुरको निर्देशनमा जिल्ला प्रहरी कार्यालय, पर्साले सीमाक्षेत्रमै सम्पूर्ण कागजात जाँच, भन्सार प्रक्रिया र आवश्यक व्यवस्थापन गर्ने प्रणाली गतिशील रूपमा लागू गरेको छ ।

प्रहरी उपरीक्षक (एसपी) सुदिपराज पाठकका अनुसार, सीमामा जाँच पूरा भएपछि उक्त सवारी साधनको नम्बर, कागजात विवरण र सूचनाहरू प्रदेशभित्रका सम्बन्धित प्रहरी चौकी तथा कार्यालयमा पूर्व–सूचना स्वरूप पठाइनेछ । “यसपछि मधेस प्रदेशका अन्य नाकामा पुनः रोकावट वा चेकजाँच गरिने छैन,” एसपी पाठकले जानकारी दिए ।

उनका अनुसार यतिअघि चेकजाँचको नाममा भारतीय नम्बरका सवारी साधनमा यात्रासहित आउने पर्यटकहरूलाई अनावश्यक झन्झट र समय बर्बाद हुने गरेको गुनासो बढ्दै आएको थियो । सुरक्षालाई ध्यानमा राख्दै यात्रुलाई सहज र सम्मानजनक सेवा दिन नयाँ विधि लागू भएको उनले बताए ।

पर्यटन प्रवद्र्धनमा सहयोग

नयाँ व्यवस्थाले वीरगन्ज हुँदै नेपाल प्रवेश गर्ने पर्यटकमैत्री वातावरण निर्माण गर्ने विश्वास प्रहरीले लिएको छ । एसपी पाठकले भने, ‘यो व्यवस्था लागू भएपछि यात्रु–अनुकूल वातावरण बन्नेछ र यसले पर्यटन प्रवद्र्धनमा पनि सकारात्मक टेवा पु¥याउनेछ ।’ यससँगै विदेशी सवारी व्यवस्थापन र नाका अनुगमन प्रक्रियालाई आधुनिक, सरल र व्यवस्थित बनाउन प्रहरीले दीर्घकालीन संरचनागत सुधारको तयारी गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार