मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

स्काउट अभियानले स्वयंसेवी भावनाको विकास गरेको छः मुख्यमन्त्री आचार्य

Ujyalosandeshonline 12437+ समाचार ( )
५ असार २०८२, बिहीबार

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा प्रदेश स्काउट संरक्षक चेतनारायण आचार्यले नेपाल स्काउटको ७४औँ स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । स्काउट अभियानले बालबालिका तथा युवाहरूको शारीरिक, बौद्धिक, सामाजिक, आध्यात्मिक र संवेगात्मक विकासमा महत्वपूर्ण योगदान पु¥याएको मुख्यमन्त्री आचार्यले बताउनु भएको छ ।

सन् १९०७ मा विश्वमा र वि.सं. २००९ (सन् १९५२) मा नेपालमा सुरु भएको स्काउट अभियान सात दशक पार गरिसकेको समेत स्मरण गर्नुभयो । उहाँले स्काउटको माध्यमबाट बाल्यकालदेखि नै चरित्र निर्माण, नैतिकता, आत्मनिर्भरता, विपद् व्यवस्थापन, साहसिक गतिविधि, सामुदायिक सेवा तथा स्वयंसेवी भावना विकास हुँदै आएको बताउनुभयो ।

कोभिड–१९ महामारीका बेला स्काउट स्वयंसेवकहरूले जुनसुकै घडीमा अग्रपंक्तिमा खटिएर पु¥याएको योगदान प्रति मुख्यमन्त्री आचार्यले प्रशंसा र धन्यवाद प्रकट गर्नुभएको छ ।

नेपाल स्काउट एक अनौपचारिक शिक्षामूलक संस्था भएकाले यसले बालबालिका तथा युवाहरूको सर्वांगीण विकासमा ठूलो भूमिका खेलेको उहाँको भनाइ छ । प्रदेश, पालिका र विद्यालयसम्म स्काउट अभियान विस्तार हुनु र अन्तर्राष्ट्रिय स्तरका कार्यक्रमहरूमा सहभागीता बढ्नु सकारात्मक उपलब्धि भएको उहाँको उल्लेख छ ।

वि.सं. २०७७ कात्तिक ६ गतेदेखि प्रदेश संरचनामा स्काउट स्थापना भई जिम्मेवारी निर्वाह भइरहेको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशका १०९ वटै स्थानीय तहमा स्काउटको सञ्जाल विस्तार भइसकेको जानकारी दिनुभयो । स्काउट अभियानको उद्देश्य, सिद्धान्त र कार्यक्रमहरूमा लुम्बिनी प्रदेश सरकारको पूर्ण समर्थन रहने विश्वास पनि उहाँले दिलाउनुभयो ।

उहाँले स्काउट शिक्षामार्फत प्रत्येक बालबालिका तथा युवालाई सक्षम, आत्मनिर्भर र राष्ट्रप्रेमी बनाई विपद् व्यवस्थापन तथा सामाजिक चेतनाका क्षेत्रमा “फस्र्ट रिस्पोन्डर” को रूपमा परिचालन गर्न सबै सरोकारवालाको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार