मुख्य समाचार
रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक |

तनहुँमा फागुन १३ गतेदेखि म्याग्दे गाउँपालिका दोस्रो अध्यक्ष कप हुने

Ujyalosandeshonline 11009+ समाचार ( )
२६ माघ २०८१, शनिबार

पोखरा । म्याग्दे गाउँपालिका, तनहुँको आयोजनामा आगामी फागुन १३ गतेदेखि दोस्रो अध्यक्ष कप २०८१ हुने भएको छ । आयोजक म्याग्दे गाउँपालिकाले पोखरामा पत्रकार सम्मेलन गरेर प्रतियोगीताबारे जानकारी गराएको हो ।

‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागी खेलकुद’ भन्ने मूल नारासहित हुन लागेको अध्यक्ष कपमा गण्डकी प्रदेशभित्रका पालिकास्तरीय ११ ‘ए’ साईड पुरुष फुटबल प्रतियोगिता तनहुँ जिल्लास्तरीय ‘सी’ लेभल ब्याडमिन्टन प्रतियोगिता र म्याग्दे गाउँपालिका वडास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता समावेश छन् ।

म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना गरिएको गण्डकी प्रदेशभित्रका पालिकास्तरीय फुटबल प्रतियोगिता म्याग्दे ५ छाङ्ग पाटनको खेल मैदानमा हुने जानकारी दिए । 

उक्त प्रतियोगीताका विजेताले ३ लाख र उपविजेताले १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै सेमिफाइनल पुग्ने २ टिमलाई १५ हजारका दरले पुरस्कार दिइने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

उत्कृष्ट खेलाडीलाई १० हजार, सर्वाधिक गोलकर्ता, मिडफिल्डर, डिफेन्डर, गोलरक्षक र प्रशिक्षकलाई जनही ५ हजार रुपैयाँ पुरस्कार दिइने आयोजकले जनाएको छ ।  

सोही अवसरमा म्याग्दे गाउँपालिका–४ थर्पु व्याडमिन्टन क्लवको कवर्डहलमा फागुन १६ र १७ गते हुने जिल्लास्तरीय व्याडमिण्टन प्रतियोगितामा पहिलो हुनेले ५० हजार र दोस्रो हुनेले ३० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । सेमिफाइनलमा पुग्ने दुई टोलीलाई नगद रु १०÷१० हजारका साथमा ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने छ  ।  

म्याग्दे गाउँपालिका वडास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगितामा दुबैतर्फ विजेताले ८० हजार र उपविजताले ५० हजार रुपैयाँ पाउने अध्यक्ष श्रेष्ठले जानकारी दिए । 

गाउँपालिका वडास्तरीय भलिबल प्रतियोगितामा म्याग्दे गाउँपालिका अन्तर्गतका ७ वडाका पुरुष तथा महिला भलिवल खेलाडीको सहभागीता रहने छ । पुरुष तथा महिला भलिवलमा उत्कृष्ट खेलाडी, उत्कृष्ट व्लकर, उत्कृष्ट स्पाईकर, उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट लिवरो र उत्कृष्ट प्रशिक्षकलाई पालिकाको लोगो अंकित पोशाक प्रदान गरिने आयोजकले जनाएको छ ।

तीनवटै विधाका प्रतियोगीताहरु २२ गतेसम्म सकाउने र २३ गते पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ । प्रतियोगिता सञ्चालनका लागि पालिकाले २० लाख रुपैयाँ विनियोजन गरेको छ । 

प्रदेशभरीका खेलाडी सहभागी होउन् भन्ने उद्देश्यले प्रचारप्रसारमा समेत जोड दिईएको र प्रतियोगिताले स्थानीय र राष्ट्रियस्तरका खेलाडी उत्पादन हुने विश्वास गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार