मुख्य समाचार
मनोहरामा झडपपछि आईजिपी स्वयं मैदानमा | बुटवलमा पनि सरकारी जग्गामा बनेका घरटहरा हटाउन थालियो | छोरीबुहारीलाई उच्च शिक्षामा सघाउँदै भीमदत्त नगरपालिका | राजस्व चुहावट नियन्त्रणका लागि व्यवसायी आफैँ सच्चिनुपर्छ: डिआइजी दीपक कुमार बस्नेत | पर्यटकको पर्खाइमा थोरङ फेदी | कास्की प्रहरीका वरिष्ठ हवल्दार ५० हजार घुससहित पक्राउ | खुला नाकाबाट सोझै वीरगन्ज भित्रिन्छ भारतीय तरकारी | नियम उल्लङ्घन गर्ने चालकलाई सचेत गराउँदै ट्राफिक प्रहरी | स्वास्थ्य सेवा कि मृत्युको व्यापार ? भैरहवाका १७ 'अवैध' मेडिकलमा प्रशासनको ताला ! | ‘युट्युव’ हेरेर सीप, ‘फेसबुक–टिकटक’ बाट बजारीकरण |

कपिलवस्तुकाे विजयनगरमा दाेस्राे अध्यक्ष कप प्रतियोगिता सुरु

Ujyalosandeshonline 11086+ समाचार ( )
१७ फाल्गुन २०८१, शनिबार

कपिलवस्तु । कपिलवस्तुकाे विजयनगर गाउँपालिकामा दाेस्राे अध्यक्ष कप प्रतियोगिता सुरु भएको छ । वडा नम्बर ४ मा रहेको शंकरपुर खेल मैदानमा अध्यक्ष कप प्रतियोगिता सुरु भएको छ। ‘स्वास्थ्यकाे लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूलनाराका साथ अध्यक्ष कप सञ्चालन गरिएको हो। गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापा मगरले शनिबार अध्यक्ष कपकाे प्रतियोगिताकाे उद्घाटन गरेका हुन् ।

कार्यक्रममा बाेल्दै गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले शिक्षासँगै खेलकुदलाई प्राथमिकतामा राखेकाे बताएका छन् । अध्यक्ष कपले युवालाई खेलप्रति आकर्षण बढाएको उनले बताए  । वडागत रुपमा सहभागी गराई प्रतियोगिता सञ्चालन गरिएको बताउँदै स्थानीय खेलाडी उत्पादनमा अध्यक्ष कपले महत्त्वपूर्ण भूमिका खेल्ने उनकाे भनाइ छ । समग्र गाउँपालिकाकाे पहिचानसँगै खेलकाे क्षेत्रमा विकास हुने अध्यक्ष थापाले बताए ।

यस्तै गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शाेभाराम रिजालले खेललाई मर्यादित बनाउनुपर्नेमा जाेड दिए । खेलकाे नियम, पद्धति र विधिमा रही खेललाई अगाडी बढाउँदै लैजानुपर्ने बताउँदै साैेहार्दपूर्ण वातावरण बनाउन खेल व्यवस्थापन समिति र सहभागी खेलाडीलाई उनले आग्रह गरे ।

यसैगरी शिक्षा शाखा प्रमुख हरिहर बेल्बासेले अध्यक्ष कप प्रतियोगितामा फुटबल, भलिबल र क्रिकेट खेल खेलाइने जानकारी दिए । प्रतियोगितामा वडागत रुपमा खेलाडी सहभागी भएको बताउँदै शनिबारदेखि सुरु भएको अध्यक्ष कप २० गते सम्पन्न हुने उनले बताए ।

कार्यक्रममा २ का वडा अध्यक्ष नेपाल चाैधरीकाे शुभकामना मन्तव्य र शिक्षक जीवलाल भुषालकाे सञ्चालनमा अध्यक्ष कप सुरु भएको थियोे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार