मुख्य समाचार
भैरहवामा लागूऔषध सेवन गरी सवारी चलाउने ८ चालक पक्राउ | अवैध रूपमा भारतबाट नेपाल भित्र्याइएका इलेक्ट्रिक स्कुटर नियन्त्रणमा | रुपन्देहीमा दुई दिनमा ९ लाख बराबरको अवैध सामान बरामद | निजामती विधेयकको मस्यौदा : मिश्रित संरचना, दुई वर्ष ‘कुलिङ पिरियड’, राजनीतिक संलग्नता देखिए सेवाबाट बर्खास्ती | पश्चिम नवलपरासीमा व्यावसायिक मेवाखेती सुरु | तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ | लागुऔषध विरुद्ध तनहुँ प्रहरीको ‘स्विप अप्रेसन’: २७ जना पक्राउ | ओमसतिया गाउँपालिका पूर्ण खोप र शतप्रतिशत संस्थागत सुत्केरी सुनिश्चित स्थानीय तह घोषणा | तनहुँ बस दुर्घटना अपडेट : दुई जनाको मृत्यु, नौ जना गम्भीर घाइते | साँखुमा गोली चल्यो, तीन जना लागुऔषध कारोबारी प्रहरीको नियन्त्रणमा |

मधेसमा नयाँ सरकार गठन गर्न सहमति जुटेन

Ujyalosandeshonline 11070+ समाचार ( )
१८ मंगशिर २०८२, बिहीबार

धनुषा । मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात दलको बैठक बिना निष्कर्ष टुङ्गिएको छ । नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दुवैले मधेस प्रदेशमा सरकारको नेतृत्वमा दाबी नछाडेपछि सात राजनीतिक दलबीच सहमति कायम हुन नसकेको हो ।

नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको बैठक बसे पनि सहमति जुट्न नसकेको हो ।

जनकपुधामस्थित प्रदेशसभा सचिवालयमा भएको बैठकमा सात दलका नेता तथा प्रदेशसभा सदस्यहरूको उपस्थित रहेको लोसापाका सांसद उपेन्द्र महतोले जानकारी दिनुभयो । मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता जितेन्द्र सोनल मुख्य दाबेदार देखिनुभएको छ । यादव र सोनल दुवैले विभिन्न दलहरूसँग संवाद पनि अघि बढाउनुभएको छ ।

मधेस प्रदेश कांग्रेस संसदीय दलका प्रमुख सचेतक कुँवरकान्त झाले अन्य सबै दलले सरकारको नेतृत्व सम्हालिसकेकाले अब कांग्रेसको दाबी स्वाभाविक भएको बताउनुभयो । “प्रदेश प्रमुखले आह्वान गर्नुभएपछि अब सातै दल बसेर नेतृत्वको विषयमा टुङ्गोमा पुग्ने छौँ, कांग्रेसको नेतृत्वमा अब खासै विवाद नहोला,” झाले भन्नुभयो ।

लोसपाका सोनलले यसअघि माओवादी केन्द्र र जनमत पार्टीको चलखेलका कारण आफूले विश्वासको मत प्राप्त नगरेको भन्दै अब सबै मिलेर पुनः आफूलाई मौका दिनुपर्ने बताउनुभयो । जसपा नेपालका मधेस प्रदेश प्रमुख सचेतक रामआशिष यादवले मुख्यमन्त्रीमा कसलाई समर्थन गर्ने भन्नेमा औपचारिक सहमति नभएको बताउनुभयो । जसपाका प्रमुख सचेतक यादव पाँच वर्षमा पाँच जना मुख्यमन्त्री बनाउँदा धेरै नकारात्मक सन्देश जाने भएकाले अब सरकार बनाउँदा सात दल एक हुनुपर्ने धारणा राख्नुभयो । 

लोसपाकी नेत्री एवं प्रदेशसभा सदस्य रानी शर्मा तिवारी भने लोसपा नेतृत्वमा बनेको सरकारले विश्वासको मत पाउन नसकेर ढलेका कारण अहिलेको नयाँ कोर्स त्यहीँबाट सुरु हुनुपर्ने बताउनुहुन्छ ।दलहरूबीच सहमति जुट्न नसक्दा बैठक बिना निष्कर्ष टुङ्गिएको जसपा नेपालका प्रमुख सचेतक रामआशिष यादवले जानकारी दिनुभयो । यादवले कांग्रेस र लोसपालाई छुट्टै बसेर सहमति गर्न समय दिएको बताउनुभयो । उहाँले आजै अबेर राति भए पनि सात दलको बैठक बस्ने जानकारी दिनुभयो ।

प्रदेश प्रमुख सुरेन्द्र लाभले संविधानको धारा, १६८ को २ बमोजिम शुक्रबार ५ बजेसम्म सरकारका लागि दाबी पेस गर्न समयसीमा निर्धारण गर्नुभएको छ । प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार प्रदेशसभा बैठकमा  राजीनामा दिनुभएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार