मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

रौतहटमा होली खेल्नेहरुमाथि प्रहरीको निगरानी

Ujyalosandeshonline 11005+ समाचार ( )
२७ फाल्गुन २०८१, मङ्गलबार

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले फागु पुर्णिमा अर्थात होली पर्वलाई मर्यादित,सभ्य र सुरक्षित रुपमा मनाउन आग्रह गरेको छ । होली पर्व मनाउने नाममा कोही कसैलाई इच्छा विपरित रंग नदल्न, अबिर हाल्ने, लोला हान्ने तथा हो–हल्ला गर्ने कार्य नगर्न, जबरजस्ती अमर्यादित गैर कानूनी र उच्छङ्खल किसिमका कुनै पनि व्यवहार गर्ने कार्य कानून विपरित भएकाले त्यस्ता क्रियाकलाप रोक्न प्रहरीले आग्रह गरेको हो ।

रौतहट प्रहरीले सूचना जारी गर्दै आत्मीय रूपमा नजिक भएका व्यक्ति वा आफन्तसँग मात्र होली खेलौं, भाँग, गाँजा, वा कुनै किसिमको नसालु पदार्थ सेवन नगरौं, होली पर्वको नाममा जाँड रक्सीको सेवन गरी उच्छृङ्खल क्रियाकलापहरु नगरौं ,असभ्य र अश्लिल होलीका गीतहरु नबजाऔं, ध्वनि प्रदुषण हुने गरी र मानव स्वास्थ्यमा प्रतिकुल असर पार्ने खालको चर्को आवाजमा बाजा, माइक आदिको प्रयोग नगरौं र साँझसम्म होली नखेल्न भनिएको छ ।

होली पर्वलाई सभ्य, शिष्ट, स्वस्थकर र मर्यादित तवरले मनाउन सबैलाई अनुरोध गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरिक्षक तथा सूचना अधिकारी दिपक कुमार रायले बताए । यद्यपी कसैको इच्छाविपरीत रङ, लोला मोबिल, मोसो, केमिकल र फोहरपानी प्रयोग गरेमा कानुन बमोजिम कारबाही गरिने उनले बताए ।

यात्रामा निस्किएका व्यक्तिहरु, बाटोमा हिडिरहेका महिला तथा बालबालिकाहरुलाई होलीको नाममा दुख दिने, हैरानी दिने गरेको पाइएमा तुरुन्त प्रहरीलाई खबर गर्न उनले आग्रह गरेका छन ।

मादक पदार्थ सेवन गरी हुलहुज्जत तथा झैझगडाको घटना बढी हुने भएकाले यस्तो कार्य नगर्न उनले अनुरोध समेत गरे । यस्ता कार्यहरु गरे गराएमा जिल्ला प्रहरी कार्यालय रौतहटमा जानकारी गराउन समेत उनले  अपिल गरेका छन । होलीलाई असत्यमाथि सत्यको विजयको रुपमा हरेक वर्ष फागु पूर्णिमाका दिन मनाउने गरिन्छ ।रंगको पर्व होलीलाई आपसी कटुताको अन्त्य र सद्भाववृद्धिको पर्वको रुपमा पनि लिने गरिन्छ ।

्यही फाल्गुन २९ गते पहाडी जिल्ला र चैत्र १ गते तराईमा होली मनाईदै छ । फागुन शुक्ल पक्षको पूर्णिमा तिथिका दिन होलिका दहन गरेसँगै होली मनाउने गरिन्छ । तर तराई भेगमा भने पूर्णिमाको दिन होलिका दहन गरेपनि भोलिपल्ट (प्रतिपदाको दिन) होली मनाउने चलन छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार