मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

सम्झौता भए पनि सहकारीपीडित सतर्क

Ujyalosandeshonline 12441+ समाचार ( )
३ वैशाख २०८१, सोमबार

काठमाडौं । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ) का अध्यक्ष कुशलभ केसीले सम्झौता बमोजिम सरकारले मागलाई कार्यान्वयन नगरे पुनः आन्दोलित हुने बताएका छन् । 

आमरण अनसनपश्चात् सोमबार भएको ५ बुँदे सहमति र आगामी रणनीतिको जानकारी दिन आयोजित कार्यक्रममा उनले चैतभित्र पीडितले रकम फिर्ता पाउँछन् भनेर बसे पनि सम्झौता कार्यान्वयन नभएको बताए । अब पनि माग सम्बोधन नभए आन्दोलनमा उत्रिने चेतावनी उनले दिए । 

उनले भने, ‘हामीसँग सम्झौता भएबमोजिम समय दिएका छौं । सरकारले  छिटोभन्दा छिटो हाम्रो मागलाई कार्यान्वयन गरेन भने हामी पुनः आन्दोलन गर्छौ । जनताको हक अधिकार खोस्नेहरु होसमा आउ, यसरी समाजमा टिक्न सक्दैन ।’

चैत मसान्तभित्र पीडितहरुको रकम फिर्ता आउँछ भनेर गरेको सम्झौता कार्यान्वयन नभएको उनले बताए । नयाँदेखि पुरानो सबै दलहरु मिलेको भन्दै उनले सहकारीपीडितको आवाज कसैले नसुनेको देखेसो गरे ।

सहकारीमा पैसा राखेर फिर्ता नपाउनेमध्येकी विमला दंगालले आफ्नै पैसा फिर्ता माग्दा पनि नपाउनुले अन्योल भएको बताएन । ‘हामीलाई सरकारले किन नहेरेको होला ? हाम्रो भने सरकार होइन ? हामी जनता कहाँ जानु ? हामी एक वर्ष भइसक्यो यस्तो दुःख पाएको । सरकारले किन नबुझेको होला ?’ उनले भनिन्, ‘हामीले सरकारसँग सरकारको पैसा मागेको होइन, हाम्रै पैसा मागेको हो ।’ 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार