दुबईमा नेपालीको आवाज बन्ने अठोटका साथ राजेश कहाँर विदेशिँदै

Ujyalosandeshonline 11020+ समाचार ( )
६ भाद्र २०८२, शुक्रबार

लुम्बिनी । लुम्बिनी सांस्कृतिक नगरपालिका–११ धुपहीका एक सामान्य युवा राजेश कहाँर आफ्नो व्यक्तिगत सपनाभन्दा माथि उठेर अरूको पीडामा मलम लगाउने अठोटका साथ पुनः वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ । उहाँले यस पटकको विदेश यात्रालाई केवल आफ्नो आर्थिक अवस्था सुधार्न मात्र नभई, दुबईमा समस्यामा परेका, ओझेलमा परेका, र ठगिएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको उद्धार गर्ने लक्ष्यका साथ अघि बढाउनु भएको छ ।

कहाँरले आफ्नो जीवनको लामो समय संघर्षमा बिताउनु भएको छ । अध्ययन पूरा गरेपछि गाउँमै साइकलमा कपडा बेच्ने व्यवसायबाट आफ्नो उद्यमशीलता सुरु गर्नुभएका उहाँले स्थानीय रेडियोमा समेत काम गर्नुभयो । तर, आर्थिक परिस्थितिले उहाँलाई सन् २०१८ देखि २०२३ सम्म कतारमा पसिना बगाउन बाध्य बनायो । पाँच वर्षको विदेश बसाइपछि स्वदेश फर्किएर उहाँले पुनः आफ्नो पुरानो व्यवसायलाई निरन्तरता दिने प्रयास गर्नुभयो ।

यसका साथै, उहाँ सामाजिक सञ्जालमार्फत आवाजविहीनहरूको आवाज बनेर सामाजिक अभियानमा पनि सक्रिय रहनुभयो । समाचार, सूचनामूलक सामग्री तथा जनचेतनामूलक विषयहरूलाई सामाजिक सञ्जालमा प्रस्तुत गर्दै अन्यायमा परेका र पीडितहरूलाई सहयोग गर्ने प्रयासमा उहाँ जुट्नुभयो ।

तर, फेरि पनि आर्थिक अवस्थाले उहाँलाई परदेश जान बाध्य बनाएको छ । यही आउँदो २ तारिखमा उहाँ दुबई जाँदै हुनुहुन्छ । यो पटकको यात्रालाई उहाँले आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि राखेर पीडित नेपालीहरूको उद्धार गर्ने लक्ष्य बोक्नुभएको छ । "मेरो जीवनको प्रत्येक कदम संघर्ष र आशाको कथा हो," उहाँले भन्नुभयो, "यसपटक पनि परदेश गएर केवल आफ्नो लागि मात्र होइन, आवाजविहीनहरूका लागि आवाज बन्ने संकल्प लिएको छु ।"

आफ्ना सम्पूर्ण दर्शक, शुभेच्छुक र सहयोगीहरूप्रति आभार प्रकट गर्दै उहाँले आफ्नो अनुपस्थितिमा पनि निरन्तर साथ र मायाको अपेक्षा गर्नुभएको छ । उहाँको यो यात्राले व्यक्तिगत उन्नतिका साथै सामाजिक सेवाको नयाँ अध्याय सुरु गर्ने आशा लिइएको छ ।

प्रतिक्रिया

राम प्रसाद यादव ६ भाद्र २०८२, शुक्रबार

सर आस र बिश्वास छ हजुर पीडित मान्छे लको आवाज जहाँ भए पनि उठाउनुहुनेछ धन्यवाद best of luck sir

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै