मुख्य समाचार
‘राष्ट्रको ढुकुटी लुट्नेहरू डराए, अब कारबाही रोकिँदैन’ : गृहमन्त्री सुदन गुरुङ | थासाङमा दोस्रो राष्ट्रिय याकचौँरी दिवस सम्पन्न | बालअधिकार उल्लङ्घनका घटना अन्त्यका लागि प्रभावकारी खबरदारीमा जोड | कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा | जितगढी किल्लालाई राष्ट्रिय सम्पदामा सूचीकृत गर्न पहल गरिरहेका छौँ : मुख्यमन्त्री आचार्य | सरकारी ‘वेबसाइट’मा अपाङ्ग पहुँचमैत्री सुविधा | माहुरीसहित घार वितरण | पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन अध्यक्ष घिसिङको माग | रास्वपा केन्द्रीय समितिको बैठक बस्दै | गुल्मीमा चरा प्रजातिको सङ्ख्या ३५५ पुग्यो |

महिनामा एक लाख पर्यटक नेपाल भ्रमणमा

Ujyalosandeshonline 11024+ समाचार ( )
२१ वैशाख २०८१, शुक्रबार

काठमाडौं । कोरोना (कोभिड–१९) महामारीपछि पर्यटकको नेपाल आगमन दरमा सुधार देखिएको छ । नेपाल आउने पर्यटकको संख्या विस्तारै पुरानै लयमा फर्किन थालेकोे छ ।

सन् २०२४ को अप्रिलमा १ लाख ११  हजार ३७६ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो संख्या गत वर्ष अप्रिलमा ९८ हजार ७७३ थियो । नेपालले आधार वर्ष मान्ने गरेको सन् २०१९ मा १ लाख ९ हजार पर्यटक आएका थिए । संख्यात्मक हिसाबले गत सालको अप्रिलभन्दा यो वर्ष १२ प्रतिशतले पर्यटक आगमनमा वृद्धि भएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

सन् २०२४ को मार्चमा एक लाख २८ हजार भित्रिएका थिए । जुन अहिलेसम्म मार्चमा आएको सबैभन्दा ठूलो संख्या हो । अप्रिलमा सबैभन्दा धेरै पर्यटक आउने १० देशहरुमा क्रमशः भारत अमेरिका, चीन, बेलायत, अष्टे«लिया, बंगलादेश, फ्रान्स, जर्मनी, रसिया र मलेसिया छन् ।

अप्रिलमा छिमेकी देश भारतबाट ३० हजार १५८ पर्यटक नेपाल आएका छन् । दोस्रो स्थानमा अमेरिका छ । अमेरिकाबाट ९ हजार ९४७ जना पर्यटक आएका छन् । गत महिना अमेरिका तेस्रो स्थान थियो । गत महिना दोस्रो स्थानमा रहेको चीन यो पटक तेस्रो स्थानमा छ । चीनबाट ९ हजार ७५० जनाले नेपाल भ्रमण गरेका छन् । 

चौथो स्थानमा रहेको बेलायतबाट ५ हजार ३९१ पर्यटक आएका छन् पाँचौ स्थानमा रहेको अष्टे«लियाबाट ४ हजार ११० जना पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

यस्तै बंगलादेशबाट ४ हजार ३, फ्रान्सबाट ३ हजार ७५५, जर्मनीबाट ३ हजार २७०, रसियाबाट २ हजार ९७७ र दशौं नम्बरमा रहेको मलेसियाबाट २ हजार ३ सय १० जना पर्यटकले नेपाल भ्रमण गरेको पर्यटन बोर्डका निर्देशक तथा सूचना अधिकारी मणिराज लामिछानेले जानकारी दिए । 

पर्यटन बोर्डले गर्ने क्षेत्रगत विभाजनका आधारमा सार्क क्षेत्रबाट ३२ प्रतिशत, सार्कबाहेक एशियाका अन्य क्षेत्रबाट १८ प्रतिशत, युरोपबाट २२ प्रतिशत, ओशियनाक्षेत्रबाट ४.२ प्रतिशत, अमेरिकाबाट १०.४ प्रतिशत, मध्यपूर्वबाट १०.३ प्रतिशत, र अन्यक्षेत्रबाट १०.३ प्रतिशत पर्यटक नेपाल आएका छन् । 

सरकारले सन् २०२३ देखि २०३२ लाई पर्यटन दशक घोषणा गरेर २०२३ मा १० लाख पु¥याउने लक्ष्य लिएको थियो । सन् २०२३ मा १० लाख एक हजार ८४४ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । निर्देशक लामिछानेका अनुसार विस्तारै पर्यटक आगमन लयमा फर्किन थालेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार