मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

बाजुराको बडीमालिका मष्टोदेवल ज्ञान–विज्ञान धार्मिक महा–महोत्सव : १ करोड ४० लाख रकम बढी संकलन

Ujyalosandeshonline 11005+ समाचार ( )
१७ मंगशिर २०८२, बुधवार

‎बाजुरा । बाजुराका त्रिवेणी नगरपालिका स्थित तोली देवलडाँडा माध्यमिक विद्यालयमा सम्पन्न बडीमालिका मष्टोदेवल ज्ञान–विज्ञान धार्मिक महा–महोत्सवबाट न्यूनतम १ करोड ४० लाख रकम बढी संकलन भएको छ । मंसिर ६ गते देखि १४ गतेसम्म सञ्चालन भएको धार्मिक एवं ज्ञान विज्ञान महा–महोत्सव महायज्ञबाट अनुमानित १ करोड ४० लाख रकम बढि संकलन भएको महायज्ञका कार्यक्रम संयोजक तथा त्रिबेणी नगरपालिका ४ का अध्यक्ष गणेश साउदले बताए ।

उनका अनुसार,महायज्ञ भव्य रुपमा सु–सम्पन्न भएको बताउँदै  यज्ञबाट मोटामोटी १ करोड ४० लाख रकम बढि संकलन भएको बताएका छन् । सम्पूर्ण चन्ददाताहरुले दान गरेको रकम अनाथ टुहुरा बालबालिकाहरुका तथा आवासीय सुविधा सहित विद्यालयको सर्वाङ्गीण विकासका लागी प्रयोग गरिने जानकारी दिए । उनले भने,‘मोटामोटी १ करोड ४० लाखको अनुमानित गरेका छौँ । न्यूनतम त्यहि रकम दान संकलन भएको छ । उठेको जति सम्पूर्ण रकम पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्नेछौं ।’

साथै उनले ९ दिनसम्म सव्य–भव्य, शान्तिपूर्ण र ऐतिहासिक रूपले सम्पन्न भएको धार्मिक महायज्ञलाई सफल बनाउन सहयोग पु¥याउने सम्पुर्ण सहयोगीदाताहरुलाई धन्यवाद समेत दिएका छन् । अनाथ टुहुरा बालबालिकाहरुका लागि आवासीय सुविधा सहित विद्यालयको सर्वाङ्गीण विकासको उद्देश्यलाई केन्द्रिकृत गरेर धार्मिक महायज्ञको आयोजना गरिएको आयोजक मूल समारोह समितिले जनाएको छ । 

तोलि देवलडाँडा माविको खेल मैदानमा महायज्ञ सञ्चालन गरिएको थियो । महायज्ञमा कथा प्रवक्ता श्री चैतन्य कृष्णजी महाराजको मुख्य कथा बाचन सहित विभिन्न भवन क्रृतनका कार्य गरिएका थिए । ‎आध्यात्मिक मार्गदर्शन प्रदान गरेका प्रमुख वाचक आचार्य श्री कृष्ण चैतन्य गुरु सहित टिम, कलाकार शिशिर साधक, बाजागाजा, कीर्तन तथा सेवा–सत्कारमा समर्पित सबै प्रति आयोजकले विशेष आभार व्यक्त गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार