मुख्य समाचार
मनोहरामा झडपपछि आईजिपी स्वयं मैदानमा | बुटवलमा पनि सरकारी जग्गामा बनेका घरटहरा हटाउन थालियो | छोरीबुहारीलाई उच्च शिक्षामा सघाउँदै भीमदत्त नगरपालिका | राजस्व चुहावट नियन्त्रणका लागि व्यवसायी आफैँ सच्चिनुपर्छ: डिआइजी दीपक कुमार बस्नेत | पर्यटकको पर्खाइमा थोरङ फेदी | कास्की प्रहरीका वरिष्ठ हवल्दार ५० हजार घुससहित पक्राउ | खुला नाकाबाट सोझै वीरगन्ज भित्रिन्छ भारतीय तरकारी | नियम उल्लङ्घन गर्ने चालकलाई सचेत गराउँदै ट्राफिक प्रहरी | स्वास्थ्य सेवा कि मृत्युको व्यापार ? भैरहवाका १७ 'अवैध' मेडिकलमा प्रशासनको ताला ! | ‘युट्युव’ हेरेर सीप, ‘फेसबुक–टिकटक’ बाट बजारीकरण |

‘रेन’ परियोजनाबारे मुख्यमन्त्रीसँग छलफल

Ujyalosandeshonline 11086+ समाचार ( )
१८ जेठ २०८२, शनिबार

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह र ‘रेन’ परियोजनाका वरिष्ठ अनुकूलन अधिकृत सन्तोष कुमार मोरबैता यादवबीच परियोजनासम्बन्धी छलफल भएको छ । छलफलमा ‘रेन स्लचिलोपन, अनुकूलन र समावेशीतामा रूपान्तमक प्रभावका लागि नेपालमा समुदाय नेतृत्वमा आधारित समग्र पहल’ परियोजनाको उद्देश्य, कार्यक्षेत्र र प्रभावबारे विस्तृत चर्चा गरिएको हो ।

संयुक्त अधिराज्य सरकारको सहयोगमा, पिपुल इन निड र डेनचर्च एडसँगको साझेदारीमा ली बर्ड सञ्चालन हुन लागेको यो परियोजना विक्रम संवत २०८२ देखि २०८७ सम्म सञ्चालन हुनेछ । परियोजना मधेश प्रदेशका पाँच जिल्लाका १४ वटा पालिकामा सञ्चालन हुने जनाइएको छ ।

परियोजनाबारे जानकारी दिँदै वरिष्ठ अनुकूलन अधिकृत सन्तोष कुमार मोरबैता यादवले यसले मधेश र लुम्बिनी प्रदेशमा जलवायु परिवर्तनसँग सम्बन्धित जोखिम न्यूनीकरण, प्रकृतिमा आधारित समाधान, पूर्वतयारी तथा अनुकूलन रणनीति, समुदायमा आधारित सुरक्षित आवास तथा समावेशी कार्यक्रमहरू सञ्चालन गर्ने जानकारी दिए ।

छलफलमा मुख्यमन्त्री सिंहले जलवायु परिवर्तनको प्रतिकूल असरले मधेश प्रदेश बढी प्रभावित भएको उल्लेख गर्दै यस्तो परियोजनाबाट स्थानीय तहमा लचिलोपन र प्रतिरोधात्मक क्षमता अभिवृद्धि हुने विश्वास व्यक्त गरे। उनले परियोजनाको सफल कार्यान्वयनका लागि प्रदेश सरकारबाट आवश्यक सहयोग प्रदान गरिने प्रतिबद्धता जनाए ।

कार्यक्रममा वन निर्देशनालय मधेश प्रदेशका निर्देशक जगरनाथ जसवाल, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा। सोहन प्रसाद साह, समृद्धिका लागि वन परियोजनाका प्रमुख सुजित कुमार झा, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार सञ्जय कुमार यादव, साथै सिरहा नगरपालिका र दुर्गाभगवती गाउँपालिकाका प्रतिनिधिहरूको उपस्थिति थियो । छलफल कार्यक्रममा प्रदेश सरकारका उच्च अधिकारीहरू तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार