मुख्य समाचार
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड | मुस्ताङ अस्पतालमा बढे बिरामी | मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ |

किशोरी हत्यामा संलग्न एकजना पक्राउ

Ujyalosandeshonline 11474+ समाचार ( )
२२ फाल्गुन २०८०, मङ्गलबार

विराटनगर । मोरङको पथरीशनिश्चरेमा भएको किशोरी हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । मोरङको ग्रामथान गाउँपालिका–४ का ३८ वर्षीय धीरेन चौधरीलाई पक्राउ गरिएको हो । उनलाई बेलबारीको भाउन्ने जंगल क्षेत्रबाट पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

पक्राउ परेका चौधरीले घटनामा संलग्नता स्वीकार गरेको प्रहरीले दाबी गरेको छ । प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरुबीच प्रेम सम्बन्ध रहेको र सम्बन्धमा खटपट आएपछि घटना भएको पाइएको प्रहरीको भनाइ छ ।

मामाको छोराको घरमा बसेर स्थानीय पञ्चायत माध्यमिक विद्यालयको कक्षा ७ मा अध्ययनरत १५ वर्षीया ज्ञानमति थुलुङ राईको सोमबार राति धारिलो हतियार प्रहार गरी हत्या भएको थियो ।

हतियार प्रहारले उनको गर्धनसहित शरीरका विभिन्न भागमा गहिरो चोट पाइएको थियो । घटनाबारे अनुसन्धान गर्न स्थानीय प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मोरङबाट टोली परिचालन गरिएको थियो । प्रहरीले विशेष तालिमप्राप्त कुकुरसमेत प्रयोग गरेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार