मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु

रासस 692+ समाचार ( )
३० भाद्र २०८३, मङ्गलबार

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा बाँदरलाई हानेको गोली लागेर एक व्यक्तिको मृत्यु भएको छ । खार्मीको निङ्गालेस्थित महभीरका ५४ वर्षीय भलबहादुर तामाङले बाँदरलाई हानेको गोली लागेर सोही ठाउँका ५२ वर्षीय श्यामबहादुर तामाङको मृत्यु भएको हो । मकैबारीमा आएको बाँदरलाई घेरा हालेर धपाउने क्रममा आज (मङ्गलबार) दिउँसो करिब २ः०० बजे आफूले प्रहार गरेको भरुवा बन्दुको गोली श्यामबहादुरको टाउकोमा लाग्दा श्यामबहादुरको घटनास्थलमै मृत्यु भएको भलबहादुरले बताउनुभयो । 

“मकैबारी दैनिकजसो बाँदर आउने गथ्र्यो । साथी (श्यामबहादुर) र म धपाउन गएका थियौँ”, उहाँले भन्नुभयो, “वल्लो डाँडा र पल्लो डाँडाबाट छेकारो काटेर धपाउने क्रममा मैले बाँदरलाई ताकेर भरुवा बन्दुक प्रहार गरेको थिएँ । त्यहीबेला साथी आइपुगेछ । बाँदरको ठाउँमा साथीको टाउकोमा लागेर घटनास्थलमै मृत्यु भयो ।”बाँदरलाई हानेको भरुवा बन्दुकको गोली साथीलाई लागेर मृत्यु भएपछि आफैँले प्रहरीलाई फोन गरेर जानकारी गराएको भलबहादुरले बताउनुभयो । भरुवा बन्दुक प्रहार गर्ने भलबहादुरले दिएको जानकारीको आधारमा प्रहरी चौकी खार्मीका टोली पुगेर घटनास्थललाई सुरक्षित गरेको जनाइएको छ । 

जिल्लाबाट खटिएको प्रहरी टोली आइपुगेपछि सर्जमिन गरेर मृतकको शव र बन्दुक प्रहार गर्ने भलबहादुरलाई जिल्ला पठाउने तयारी गरिएको वडा सदस्य वीरेन्द्र राईले जानकारी दिनुभयो । खार्मीमा भएको घटनाका विषयमा जानकारी पाउनासाथ अनुसन्धान गर्न जिल्लाबाट प्रहरी निरीक्षक निराजन बस्नेतको टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले जानकारी दिनुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार