हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका-११, थानाभर्याङबाट प्रहरीले १ ग्राम ६०० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले ४४ वर्षीय रबिन्द्र पुडासैनीलाई पक्राउ गरेको हो ।पक्राउ परेका पुडासैनीलाई लागूऔषध कसुरमा नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।