मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

भन्सार छलीमाथि प्रहरीको प्रहार: रुपन्देहीमा लाखौंको सामानसहित मोटरसाइकल नियन्त्रणमा

Ujyalosandeshonline 12431+ समाचार ( )
३ भाद्र २०८२, मङ्गलबार

भैरहवा । जिल्ला प्रहरी कार्यालय, रुपन्देही र मातहतका प्रहरी इकाईहरूले जिल्लाका विभिन्न स्थानमा गरेको विशेष चेकजाँचका क्रममा करिब ७ लाख ३८ हजार ६ सय २० रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ । भदौ १ र २ गते गरिएको कारबाहीमा भन्सार छली चोरी पैठारी गरिएका विभिन्न सामग्री र त्यसमा प्रयोग भएका मोटरसाइकलहरू नियन्त्रणमा लिइएको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, डीएसपी सुरज कार्कीका अनुसार बरामद गरिएका सबै सामान आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय र पशु क्वारेन्टाइन कार्यालय, बेलहियामा बुझाइएको छ ।

प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार, जिल्ला प्रहरी कार्यालय, रुपन्देहीको टोलीले सिद्धार्थनगर नगरपालिका–२ शंकरपुर र मायादेवी गाउँपालिका–५ गोनाहाबाट तीनवटा मोटरसाइकलमा ल्याउँदै गरेको अवस्थामा लेडिज साडी, कुर्ता, भित्री बस्त्र, कपडाको झोला, टायल, नरिवल र जाइफल गरी कुल ३ लाख ३९ हजार ५ सय रुपैयाँ बराबरको सामान बरामद गरेको छ ।

त्यसैगरी, वडा प्रहरी कार्यालय भैरहवाको टोलीले सिद्धार्थनगर नगरपालिका–८ बुद्धचोकबाट लेडिज चप्पल, ताल्चा, लेडिज भित्री बस्त्र र तरकारी गरी जम्मा १ लाख ६० हजार ५ सय रुपैयाँ बराबरको अवैध सामान नियन्त्रणमा लिएको हो ।

यस्तै, प्रहरी चौकी कालिदहको टोलीले लुम्बिनी सांस्कृतिक नगरपालिका–१ नन्दनगरमा एउटा मोटरसाइकलमा ओसारपसार भइरहेको ४८ वटा ब्रोइलर कुखुरा बरामद गरेको छ, जसको मूल्य मोटरसाइकलसहित ८० हजार रुपैयाँ अनुमान गरिएको छ ।

यसैगरी, प्रहरी चौकी मैनिहवाको टोलीले रोहिणी गाउँपालिका–७ सेमरामा बेवारिसे अवस्थामा रहेको एयर कन्डिसनमा प्रयोग हुने १ लाख ५८ हजार ६ सय २० रुपैयाँ मूल्य बराबरको कम्प्रेसर फेला पारी बरामद गरेको डीएसपी कार्कीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार