मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

जातको आधारमा नभई विपन्नताको आधारमा आरक्षण दिन ब्राह्रमण समाजको माग

Ujyalosandeshonline 12441+ समाचार ( )
२५ पौष २०८१, बिहीबार

बुटवल । ब्राह्रमण समाज नेपालका अध्यक्ष डा. नारायण प्रसाद अधिकारीले जातको आधारमा दिईने आरक्षणका कारण ठुलो संख्यामा नेपाली युवा युवती विदेशीन बाध्य हुनु परेको खुलासा गर्नु भएको छ ।उहाँले जातको आधारमा दिईने आरक्षण अन्त्य गरी विपन्नताको आधारमा आरक्षण प्रदान गर्न ब्राह्रमण समाजले अभियान संचालन गर्ने चेतावनी पनि दिनु भयो ।

ब्राह्रमण समाज नेपाल रुपन्देहीको चौथो वार्षिक साधारण सभामा विहिवार तिलोत्तमाको डाईभरटोलमा वोल्दै केन्द्रिय अध्यक्ष अधिकारीले परिक्षामा कम नम्बर पाएका धनाड्यहरुले जातको आधारमा अवसर पाएको तर गरिव तथा  जेहेन्दार ब्राह्मणले अवसरवाट बन्चित हुनु पर्दाको पीडाले युवा जमात विदेशीन बाध्य हुनु परेको दावि गर्नु भयो । 

उहाँले  कुनै पनि व्यक्तिको नामको पछाडी ब्राह्रमणको थर झुन्डिएकाले अवसरवाट बन्चित हुनुपर्दाको पीडासंगै उनिहरुलाई सामन्ति, शोषक र शासकको संज्ञा दिनु गलत भएको ले सोका विरुद्ध आबाज बुलन्द गदै  आरक्षणको अन्त्यका लागि समाज गम्भिर रुपमा लागेको बताउनु भयो । उहाँले जेष्ठ नागरिकहरुलाई दिईने वृद्ध भत्तामा पनि जातको आधारमा रहेको विभेदलाई अन्त्य गर्न समाज लडिरहेको खुलासा गर्नु भयो ।

कार्यक्रममा तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खांणले संसारमा धेरै प्रकारका धर्म रहेको भन्दै हिन्दु धर्म धर्महरुको माउ भएको  बताउनु भयो । उहांले ब्राह्रमण समाजको कार्यक्रममा जादां मनमा भएको तनावको समेत व्यवस्थापन हुने गरेको भन्दै  नगरपालिका ब्राह्रमण समाज संग  सहकार्य र एकता गरि अगाडी बढने प्रतिवद्धता व्यक्त गर्नु भयो । नगर प्रमुख खांणले विभिन्न समाजलाई  रुखको पात, हांगा र जरासंग जोडेर विश्लेषण गदै ब्राह्रमण समाज रुखको  जरा भएको तर्क गर्नु भयो ।

समाजकी महिला नेतृ पार्वती भण्डारीले अधिकार सुरक्षित गर्नका लागि ब्राह्रमणहरुलाई संगठित गर्न जरुरी रहेको भन्दै अधिकार प्राप्तीका खातीर एकता अहिलेको आवश्यकता भएकोले संगठन विस्तारमा जोड दिनु भयो । ब्राह्रमण समाज रुपन्देहीका अध्यक्ष  टोपलाल भुसालले एक वर्षको समयमा समाजले विभिन्न रचनात्मक काम गरेको भन्दै जिल्लामा १ हजार २३७ जना आजिवन सदस्य बनाई सकेको बताउनु भयो । 

उहाँले समाजको पोशाक बनाउने, छाडा चौपाएको व्यवस्थापन र खाद्यानका लागि पालिकाहरुसंग सहकार्य गर्ने, ब्राह्रमणहरुले लगाउने जनै आफै तयार गर्नका लागि सबै स्थानिय तहमा तालिमको व्यवस्था गर्न लगाउने अभियान संचालन गर्ने धारणा राख्नु भयो । कार्यक्रममा कोषाध्यक्ष गोविन्द प्रसाद बस्यालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको सचिव दीवाकर अधिकारीले बताउनु भयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार