मुख्य समाचार
लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज |

सातौं लुम्बिनी महोत्सवमा थारु परिकारको स्वाद पस्किँदै सरस्वती : घोंघीदेखि अनदीको भुजासम्म

Ujyalosandeshonline 12438+ समाचार ( )
९ मंगशिर २०८२, मङ्गलबार

भैरहवा । भैरहवामा जारी सातौं लुम्बिनी महोत्सव–२०८२ मा आगन्तुकहरूको भिडभाडबिच स्टल नम्बर ३३ र ३४ मा भने भिन्नै मौलिक रौनक छाएको छ । ओमसतिया-२ पडसरीस्थित ‘ठुठिपिल गढीमाई होटल’ ले महोत्सवमा थारु संस्कृतिको अर्गानिक स्वाद पस्किँदै ग्राहकहरूको मन जित्न सफल भएको हो ।

विशेषगरी थारु समुदायको पहिचान बोकेका परिकारहरू खानका लागि पारखीहरू यहाँ झुम्मिने गरेका छन् । स्टलमा घोंघी, घगेडा, झिँगे माछा, टेग्ना, रैया तथा अन्य साना माछाहरूको परिकार उपलब्ध छन् । माछाका विभिन्न परिकारसँगै अनदीको भुजाको स्वादले धेरैलाई लोभ्याएको छ । थारु परिकारमध्येको ‘घोंघी’ खाँदा धेरै प्रकारका रोगहरू निको हुने विश्वास र यसको औषधीय गुणका कारण पनि ग्राहकहरूले यसलाई अत्यधिक रुचाएका छन् ।

वि.सं. २०६९ सालदेखि निरन्तर यही पेसामा आवद्ध सञ्चालिका सरस्वती थारु आफ्नो कामप्रति निकै सन्तुष्ट र उत्साहित हुनुहुन्छ । विगत १२ वर्षभन्दा लामो समयदेखि होटल व्यवसाय गरिरहनुभएकी सरस्वतीले अहिलेसम्म कसैकोमा रोजगारी माग्न जानुपरेको छैन । उहाँ गर्वका साथ भन्नुहुन्छ, "म यो पेसाबाट पूर्ण रूपमा सन्तुष्ट छु, यसले मलाई आत्मनिर्भर त बनाएको छ नै, साथमा हाम्रो लोप हुन लागेको संस्कृति जोगाउन पनि मद्दत गरेको छ ।"

सरस्वतीको यो उद्यम यात्रामा उहाँका श्रीमान् कमल नारायण चौधरीले पनि दरिलो साथ दिइराख्नुभएको छ । थारु कल्याणकारी सभा रुपन्देहीका अध्यक्ष समेत रहनुभएका चौधरी आफैं महोत्सवको स्टलमा खटिएर श्रीमतीलाई सघाउँदै र ग्राहकलाई सेवा दिँदै गरेको दृश्यले श्रमको सम्मान र पारिवारिक सहकार्यको उत्कृष्ट उदाहरण पेश गरेको छ । मौलिक स्वाद, आत्मीय सेवा र सांस्कृतिक संरक्षणको अभियान बोकेको यो स्टल महोत्सवका दर्शकहरूका लागि आकर्षणको केन्द्रविन्दु बनेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार